राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे कांग्रेस–माओवादी–नेपाल र जसपाको विद्रोही पक्षका सांसदको संयुक्त छलफल « Khabarhub

राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे कांग्रेस–माओवादी–नेपाल र जसपाको विद्रोही पक्षका सांसदको संयुक्त छलफल


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षमा रहेका दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउने विषयमा छलफल शुरु गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक बालकुष्ण खाँणले महाअभियोगका बारेमा छलफल शुरु भएको पुष्टि गरे ।

उनले प्रस्तावकै लागि भनेर कांग्रेसले सांसदहरुलाई ४ बजे सिंहदरबार आउन निर्देशन दिएको जानकारी दिए । उनले भने, ‘अब महाअभियोगको प्रस्ताव दर्ता गर्ने मनसायमा हामी पुगेका छौं । त्यसकै लागि हामीले सबै सांसदहरूलाई दलको कार्यालयमा आउन निर्देशन दिएका छौं । सांसदहरू आउने क्रम जारी छ ।’

अहिले महाअभियोगका बारेमा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बिचमा कांग्रेस संसदीय दलको कार्यालयमा छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ३ : ०५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका