गागाको खुलासाः ‘१९ वर्षमै बलात्कारपछि गर्भवती’ « Khabarhub

गागाको खुलासाः ‘१९ वर्षमै बलात्कारपछि गर्भवती’


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– अमेरिकी गायिका लेडी गागाले आफ्नो जिन्दगीको कठोर सत्यको खुलासा गरेकी छन् । उनले ‘ओप्रा विन्फ्रे शो’मा आफूसँग भएको यौन शोषणको बारेमा खुलासा गरेकी हुन् ।

आजतकका अनुसार उनी १९ वर्षको हुँदा एक संगीतकारले बलात्कार गरेपछि गर्भवती भएकी थिइन् ।

‘म १९ वर्षको थिएँ । त्यो बेला एक संगीतकारले मेरो कपडा खोल्नु भने । मैले त्यो कुरालाई अस्वीकार गरें र म त्यहाँबाट निस्किएँ । उसले मेरो सारा संगीत करियर बर्बाद गर्ने धम्की दिएँ पनि म त्यहाँ बसिनँ’, उनले भनेकी छन् ।

उनले त्यो संगीतकारले आफूलाई बलात्कार गरेर गर्भवती बनाई आफ्नो परिवारको घरको एक कुनामा राखेको बताएकी छन् ।

‘त्यो बेला मलाई भमिट भयो र म बिरामी थिएँ । मलाई बलात्कार गरिएको थियो । मलाई कैयौं महिनासम्म स्टुडियोमै बन्धक बनाइएको थियो’, उनले भनेकी छन् ।

गागा उक्त संगीतकारलाई पुनः हेर्न चाहन्नन् । ‘कैयौं वर्षसम्म म साइकोटिक ब्रेकमा रहें । म त्यो युवती थिइनँ । त्यो समयमा मैले कैयौं एमआरआइ र स्क्यान गराएको थिएँ । तर केही भेटिएन । तर आफ्नो शरीरलाई सबैले सम्झन्छन् । मलाई केही महशुस भएको थिएन । मेरो दिमाग अफलाइन भयो कि जस्तो भएको थियो’, उनले उल्लेख गरेकी छन् ।

गागा हाल इन्टरप्रेनर माइकल पोलान्स्कीसँग डेट गरिरहेकी छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ५ : ०० बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु