चिकित्सक भन्छन् “तन, मन थाक्यो भन्ने छुट छैन” « Khabarhub

चिकित्सक भन्छन् “तन, मन थाक्यो भन्ने छुट छैन”


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ ।

लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा भर्ना हुने बढ्दो छन् ।

अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी अस्पतालमा दिनरात चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् । निरन्तर सेवामा खटिरहँदा कतिपय चिकित्सक, नर्स एवम् अन्यस्वास्थ्यकर्मी आफै पनि सङ्क्रमित हुन पुगेका छन् । नेगेटिभ रिर्पोट आएको भोलिपल्टै सेवामा खटिनुपर्दा पर्याप्त आराम गर्ने समय पनि यतिबेला चिकित्सक, नर्ससहितका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाइ नभएको उनीहरू बताउँछन् ।

कन्सल्टेण्ड फिजिसियन डा. सरोज पोख्रेलले भने, “अहिलेको कठिन अवस्थामा तन, मनलाई थकान गर्न दिने छुट छैन । आँखा अगाडि बिरामीको छटपटाहट देख्दा भोक, प्यास र परिवारनै विर्सन्छौँ ।”

डा. पोखरेल यो अवस्था सृजना हुनुमा स्वयम् मानिसनै दोषी भएको ठान्नुहुन्छ । “मानिस स्वयम्कै कारणले यो सब भैरहेको छ, सामान्य स्वास्थ्य मापदण्ड पनि नअपनाइँ हामी हिडिरहेका छौं । मानिसको आवागमन नरोकिएसम्म र स्वास्थ्य सतर्कता नअपनाएसम्म हामी सुरक्षित हुन सक्दैनौं”, उनले स्वास्थ्य सामान्य विषय नभएकाले विशेष सर्तकता अपनाएर आफू र आफन्तलाई जोगाउन सबैको सकारात्मक भूमिकाको खाँचो औल्याए ।

सहप्राध्यापक एवम् वरिष्ठ फिजिसियन डा. सुवास भट्टराईले अहिले डाक्टरहरू मानसिक र शारीरिक रूपमै निकै थकित भएर बिरामीको उपचारमा खटिरहेको बताए ।

“अहिले धेरै चिकित्सक एवम् स्वास्थ्यकर्मी जोखिम मोलेर सेवामा निरन्तर लागिरहनु भएको छ, कतिपय चिकित्सक जिम्मेवारी निभाउँदा आफै सङ्क्रमित हुन पुग्नु भएको छ,” उनले भने, , “उपचारमा खटिरहँदा र उपचार गर्दैगर्दा बिरामीलाई बचाउन नसक्दा उनीहरूमा पनि मानसिक तनाव र नैराश्यता आउँछ नै तर पनि अहिलेको कठिन अवस्थामा थकित भएँ, गाह्रो भयो, आराम गर्छु भनेर कुनै चिकित्सक घरमा बस्नु भएको छैन ।”

उनले आफन्त परिवारबाट टाढा रहेर निरन्तर सेवामा खटिएकाले चिकित्सक एवम् स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने खालका टिकाटिप्पणी सामाजिक सञ्जालहरूमा पोष्ट नगर्न पनि आग्रह गरे ।

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका उपप्राध्यापक एवम कोभिड मेडिकल वार्डका डा. डेभिड श्रेष्ठ आफ्नोबारेमा भन्दा पनि बिरामीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर निरन्तर सेवामा खटिएको बताए ।

“हाम्रो पेशा मात्र होइन धर्म पनि हो, अहिलेको महामारी औषधिले मात्रै निको हुने खालको छैन, यस्तो अवस्थामा बिरामीलाई आवश्यक परामर्शसहित आत्मबल उच्च बनाउने हाम्रो पहिलो कर्तव्य हो”, डा श्रेष्ठले भने ।

उनले बिरामीका समस्या बाहेक अहिले चिकित्सकलाई परिवार, आफन्त इष्टमित्रसँग हालखबर सोध्ने समय समेत खासै नभएको बताए ।

पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेजका आवासीय चिकित्सक डा. विराज बरालले शारीरिक र मानसिक रूपमा निकै थकित भएपनि कर्तव्य र जिम्मेवारीसँगै मानवीय सेवाको लागि निरन्तर खटेको बताए ।

“निरन्तर सङ्क्रमितको उपचारमा छौ, कतिलाई बचाउन सकिन्छ कतिलाई सकिदैन, बचाउन नसक्दा एकदम नरमाइलो लाग्छ, मृतकका आफन्तको अनुहारमा बगेको आँशुले हामीलाई पनि स्तब्ध बनाउँछ ।”

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले हाल पोखरामा आठ हजार हाराहारीमा सङ्क्रमित होम आइसोलेसनमा रहेको र करिब साढे तीनसयदेखि चारसय २५ जनाले अस्पतालमा उपचार गराइरहेको जानकारी दिए । रासस

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : ५९ बजे

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण