७६ (५) को प्रधानमन्त्री ओली कि देउवा ? « Khabarhub

७६ (५) को प्रधानमन्त्री ओली कि देउवा ?


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी परेपछि को नियुक्त होला भन्ने चासो भएको छ ।

देउवाले कांग्रेस, माओवादी केन्द्र, जसपाको यादव–भट्टराई पक्ष र नेकपा एमालेको नेपाल–खनाल पक्षसहित १४९ जना सांसदको हस्ताक्षर बुझाएर दाबी पेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा एमालेका र जसपाको ठाकुर–महतो पक्षका सांसदको समर्थनसहित दाबी पेश गरेका छन् । ओली पक्षमा १५३ जना सांसद रहेको भनिएको छ । ओली पार्टी अध्यक्ष समेत रहेकाले सांसदहरुको हस्ताक्षरका साथ उनले पार्टीको पत्र पनि पेश गरेका छन् ।

उता जसपामा ठाकुर–महतो पक्षले बहुमत रहेको दाबीसहित पार्टीले ओलीलाई समर्थन गर्ने पत्र पनि बुझाएको छ । एमालेका केही सांसदको हस्ताक्षर दुवैतिर परेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन् । दुवै पक्षको दाबी अनुसार सांसद संख्या ३०२ पुगेको छ ।

यसअघि २०७४ फागुनमा धारा ७६(२) अनुसार ओलीलाई प्रधमानमन्त्री नियुक्त गर्दा नेकपा माओवादी केन्द्रले समर्थनको पत्र राष्ट्रपति कार्यालयमा बुझाएको थियो ।

देउवा र ओली दुवैले बहुमत दाबी गरेकाले खास बहुमत कसको हो भन्ने थाहा पाउन सनाखत गर्नुपर्ने हुन्छ । सामान्यतया राष्ट्रपति कार्यालय हस्ताक्षर प्रमाणित गर्न सनाखततिर लाग्ने छैन, पार्टीको आधिकारिक पत्र हेर्नेछ । आधिकारिक पत्रसहित हस्तक्षरसमेत भए अझ सजिलो हुनेछ ।

अब देउवा र ओलीमध्ये कसको दाबीले मान्यता पाउला भन्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीको स्वविवेक र राजनीतिक चाहनामा भर पर्नेछ । पल्ला ओलीको पक्षमा भारी हुन सक्नेछ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ५ : २३ बजे

अध्यादेशबारे रविले भने- विगतका गलत नियुक्ति सच्याउन ल्याएका हौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनअपेक्षा

रास्वपाको प्रस्टीकरण- तत्काल गर्नुपर्ने काम सहज बनाउन अध्यादेश ल्याएको हो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छिटो छरितो रुपमा तत्काल गर्नुपर्ने कामलाई

वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले वन्यजन्तुबाट प्रभावित बस्तीमा स्वचालित (सेन्सरयुक्त) सौर्यबत्ती जडान

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको

आईसीसी विश्वकप लिग–२ : ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित