टाटा मोटर्स प्यासेन्जर कारको फ्रि सर्भिस र वारेन्टी अवधिमा थप « Khabarhub

टाटा मोटर्स प्यासेन्जर कारको फ्रि सर्भिस र वारेन्टी अवधिमा थप


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सको नेपालका लागि एक मात्र अधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले लकडाउनको कारण ग्राहकवर्गमा पर्न गएको अफ्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै टाटाको सबै कारहरुको फ्रि सर्भिस र ओरिजिनल इक्विप्मेन्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ ।

यदि टाटा कार ग्राहकहरुको फ्रि सर्भिस र वारेन्टी अवधिको म्याद १ अप्रिल २०२१ देखि ३१ मे २०२१ को भित्र परेको छ भने, स्ट्यान्डर्ड वारेन्टीको नियम तथा शर्तहरु अन्तर्गत सवारीको वारेन्टी अवधि ३० जुन २०२१ सम्म लागि थप गरिएको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रालिका ग्राहक सेवा तर्फबाट टाटा प्यासेन्जर गाडीका प्रमुख प्रबन्धक कुमार भण्डारीका अनुसार ‘अहिले महामारीको रुपमा विश्वभरि फैलिदै गरेको कोरोना भाइरस -कोभिड १९) को कारण भएको लकडाउन र अत्यावश्यक बाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरुले गाडी मर्मत गराउन कठिनाई भएको कारण फ्रि सर्भिस र ओरिजिनल ईक्विप्मेण्ट वारेन्टीको अवधि थप गरिएको हो ।’

कम्पनीले जनाएको अनुसार यस आपतकालीन समयमा पनि टाटा गाडीको ग्राहकहरुको लागि सिप्रदी २४ घण्टा सेवामा समर्पित छ । यदि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, कम्पनीको टोल फ्रि नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यसको साथै टाटा कारका ग्राहकहरुले सिप्रदीको सिप्रदी एप्सबाट पनि आफ्नो गाडीको सर्भिस बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ६ : ४२ बजे

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५