प्रहरी अस्पतालको सेवा थप प्रभावकारी बनाउन निर्देशन « Khabarhub

प्रहरी अस्पतालको सेवा थप प्रभावकारी बनाउन निर्देशन


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महाराजगञ्जस्थित प्रहरी अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी अस्पतालको विषयमा आज प्रहरी प्रधान कार्यालयमा भएको छलफलमा प्रहरी महानिरीक्षक थापाले नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरका कारण सङक्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा सेवालाई थप चुस्त बनाउनुपर्ने आवश्यकता औँल्याए ।

आजको बैठकमा नेपाल प्रहरी अस्पतालले गर्ने उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनस्रोत तथा जनशक्तिको व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको थियो ।

प्रहरी महानिरीक्षक थापाले कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिने चिकित्सक तथा कर्मचारीले सुरक्षाका मापदण्ड पूर्ण पालना गरी अझै बढी संवेदनशील भई पारिवारिक वातावरणका साथ उपचारमा सरिक हुने स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

अस्पतालमा उपचाररत बिरामीप्रति गरिने व्यवहार शिष्ट हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले कोभिड–१९ नियन्त्रणमा गर्न सकिने सबै प्रयासमा कुनै कमी हुन नदिन आग्रह गरे । अस्पताललाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय सदैव तत्पर र क्रियाशील रहेको उनले उल्लेख गरे ।

छलफलका क्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको गतिविधि तथा कोभिड–१९ नियन्त्रणका लागि गरिएका प्रयास र उपचार पद्धतिबारे जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ३१ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल