नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक « Khabarhub

नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक



रुपन्देही– कपिलवस्तु प्रहरीले नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा २ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ बस्ने साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

नेता पाण्डेमाथि ३ राउण्ड गोली प्रहार भएको थियो । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैइरहेको छ ।

उनीहरुले प्रयोग गरेको लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, गोली र खोका पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

पक्राउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण आफूले गोली प्रहार गरेको प्रहरी सामु स्वीकार गरेको प्रहरीले बताएको छ । व्यक्तिगत रिसइवीका कारण पाण्डेयलाई गोली हानी हत्या गर्ने योजना बनाएको आरोपितले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ । नेता पाण्डे सडवाबाट तौलिहवातर्फ मोटरसाइकलमा आउँदै गर्दा उनीमाथी गोली प्रहार भएको थियो ।

पाण्डेसँगै रहेका अर्का भारतीय नागरिक मोहमद ईसाद खान पनि घाइते भएका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ७ : १० बजे

सुनचाँदीको भाउ अझै बढ्छ, नयाँ गहना बनाउने ८० प्रतिशत घटे : माणिकरत्न शाक्य

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ, जसले

अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ– भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको

सीटी स्क्यान खरिद प्रकरण : पूर्वउपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध ७ करोडको बिगो दाबी

काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम गुणस्तरको सिटी स्क्यान मेसिन

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

काठमाडौं– भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल