नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक « Khabarhub

नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले गर्‍यो सार्वजनिक



रुपन्देही– कपिलवस्तु प्रहरीले नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा २ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ बस्ने साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

नेता पाण्डेमाथि ३ राउण्ड गोली प्रहार भएको थियो । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैइरहेको छ ।

उनीहरुले प्रयोग गरेको लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, गोली र खोका पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

पक्राउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण आफूले गोली प्रहार गरेको प्रहरी सामु स्वीकार गरेको प्रहरीले बताएको छ । व्यक्तिगत रिसइवीका कारण पाण्डेयलाई गोली हानी हत्या गर्ने योजना बनाएको आरोपितले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ । नेता पाण्डे सडवाबाट तौलिहवातर्फ मोटरसाइकलमा आउँदै गर्दा उनीमाथी गोली प्रहार भएको थियो ।

पाण्डेसँगै रहेका अर्का भारतीय नागरिक मोहमद ईसाद खान पनि घाइते भएका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ७ : १० बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि