राष्ट्रपतिलाई नेता नेपालको प्रश्न : मेरो हस्ताक्षर कसरी पहिल्यै आयो ? « Khabarhub

राष्ट्रपतिलाई नेता नेपालको प्रश्न : मेरो हस्ताक्षर कसरी पहिल्यै आयो ?


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आफ्नो हस्ताक्षर पेश भएको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रश्न गरेका छन् ।

विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका नेता नेपालले कसरी आफ्नो नाम पहिल्यै आएको भन्दै प्रश्न गरेका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका नेता नेपालले ओली बुझाएको हस्ताक्षरमा आफ्नो पनि नाम परेपछि आश्चर्य व्यक्त गरेका हुन् ।

स्रोतका अनुसार नेता नेपालको प्रश्नमा राष्ट्रपतिले कुनै जवाफ नदिएको बताइएको छ । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर बुझाउने क्रममा संविधान बमोजिम अघि बढ्न आग्रह गरेका थिए ।

यस्तै नेता नेपालले राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : १३ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित