स्कुटर चोरेको आरोपमा एकजना पक्राउ « Khabarhub

स्कुटर चोरेको आरोपमा एकजना पक्राउ


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रहरीले पर्साको वीरगञ्जबाट स्कुटर चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ घर भएका २२ वर्षीय प्रदीप कुमार साह हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार उनले जेठ ३ मा वीरगञ्ज–२ छपकैया बस्ने रन्जित साहको नाममा दर्ता रहेको ना.२३ प ८२७१ नम्बरको हरियो रंगको स्कुटी चोरी गरेको पाइएको छ ।

प्रगतिनगरस्थित सडक छेउमा पार्किङ गरेर राखेको स्कुटीको लक फुटाएर चोरी गरिएको थियो । प्रदीपले सो स्कुटर चोरेर सिर्सियास्थित खुसानी साहको घरमा लुकाएर राखेको अवस्थामा बिहीबार प्रहरीले बरामद गरेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ०८ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा