औषधि कालोबजारी गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ « Khabarhub

औषधि कालोबजारी गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- औषधि कालोबजारी गरेको आरोपमा प्रहरीले मोरङबाट एक जना फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ७ स्थायी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार पक्राउ परेका महतो मोरङको विराटनगर महानगरपालिका ३ मा पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका थिए ।

उनले सिरहाका बरियारपट्टी गाउँपालिका ३ बस्ने ४५ वर्षीय राम नारायण मुखियालाई बैशाख २५ र ३० गते औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा वास्तविक मूल्य लेख्ने र अर्कोमा बढी मूल्य लेखी औषधि बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका महतोले ग्राहकलाई बढी मूल्य लेखेको खाता देखाई औषधि बेचेका थिए । उनीमाथि कालोबजारी तथा अन्य सामाजिक अपराध, सजाय ऐन अनुसार कारबाही बढाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ५१ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित