राष्ट्रपतिज्यू प्रधानमन्त्रीको ‘जालझेल’मा नपर्नुस्, सुध्रिने अन्तिम मौका छ : गगन थापा « Khabarhub

राष्ट्रपतिज्यू प्रधानमन्त्रीको ‘जालझेल’मा नपर्नुस्, सुध्रिने अन्तिम मौका छ : गगन थापा


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको जालझेलमा नपरी संविधानअनुरुप काम गर्न आग्रह गरेका छन् ।

परिस्थितले अन्तिम पटक सुध्रिने मौका दिएको बताउँदै उनले राष्ट्रपतिलाई अहिले ओलीको बचाउमा नलागी संविधानसंगत रुपले काम गर्न आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको ‘जालझेल र अपराधमा साथ दिँदा लागेको दाग’ मेटाउने अन्तिम अवसर भएको उल्लेख गरेका छन् ।

‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ?’, उनले फेसबुकमा लेखेका छन्, प्रधानमन्त्रीले नै’म विश्वासको मत लिन सक्दिनँ र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’भन्दै आह्वान गर्ने। अब फेरि जालझेल !’

उनले आज प्रधानमन्त्रीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र नभएर अवैधानिक र अनैतिक भएको समेत टिप्पणी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ । महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!! नभए भिर बाट खस्ने लाई राम राम !’

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : २३ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित