खराब समयको संकेत गर्ने यी हुन् ५ सपना « Khabarhub

खराब समयको संकेत गर्ने यी हुन् ५ सपना


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सपना देख्नु नौलो कुरा होइन । सबैले राति निदाएको बेलामा सपना देख्ने गर्दछन् । स्वप्न शास्त्रका अनुसार सपना २ प्रकारको हुन्छ । पहिलो राम्रो सपना जसले सकारात्मक हुने संकेत गर्दछ भने दोश्रो नराम्रो वा अशुभ सपना जसले नकारात्मकता तर्फ संकेत गर्दछ । यस्तोमा कस्ता सपनालाई खराब मान्ने त ?

१. सपनामा बिरालो देख्नु
यदि सपनामा बिरालो देखे यसलाई शुभ मानिँदैन । यस्ता, सपना समय खराब रहेको संकेत दिने गर्दछ । यसका साथै भविष्यमा कसैबाट विश्वासघात हुने संकेत पनि गर्दछ ।

२. सपनामा भूकम्प देख्नु
यदि कसैले सपनामा भूकम्प देख्यो भने यसलाई पनि अशुभ मानिन्छ । मान्यता अनुसार यस प्रकारका सपना देख्नुको अर्थ सन्तानको भविष्यमा संकट आउनु हो ।

३. सपनामा जन्ती देख्नु
सपनामा कसैको विवाह वा जन्ती देख्नु वा बिहेको बाजा बजेको देख्नु राम्रो मानिँदैन । यस प्रकारका सपनाले जीवनमा कुनै समस्या वा संकट आउने संकेत गर्दछ ।

४. सपनामा सुकेको बगैँचा देख्नु
यदि कसैले सपनामा कुनै बगैँचा सूकेको वा हरियालीविहिन देख्यो भने यसले गम्भीर कष्ट तर्फ संकेत गर्दछ ।

५. सपनामा कीरा मकौडा देख्नु
यदि कसैले सपनामा कमिला वा कुनै पनि किरा मकौडा देख्छ भने यसले उसको जीवनमा आउने समयमा कष्ट पाउने संकेत गर्दछ । यस्ता सपनामा जति धेरै मात्रामा कीरा देखिनछ उति धेरै समस्याको सामना गर्नुपर्ने मान्यता छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ०५ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा