ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुराहरू « Khabarhub

ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुराहरू



मधुमेहलाई मूलतः  १. टायप वान मधुमेह २. टायप टू मधुमेह । ३.गर्भावस्थामा हुने मधुमेह र ४ अन्य रोगका कारणले हुने मधुमेह गरी चार प्रकारमा विभक्त गरिएको छ ।

टायप- १ मधुमेहलाई इन्सिुलिन आश्रित मधुमेह, बाल्यवस्थामा हुने मधुमेह वा जुवेनाइल मधुमेह पनि भनिन्छ । त्यसैगरी टायप-२ मधुमेहलाइ इन्सुलिन अनाश्रीत मधुमेह पौडावस्थामा शुरु हुने मोटोपनासँग सबन्धित जस्ता नामले सम्बोधन गरिन्छ । त्यसैगरी गर्भावस्थाको कारण हुने मधुमेह तेस्रो प्रकारको मधुमेह हो भने ग्लुकोज पचयमा गडबडी, कुपोषणले हुने मधुमेह र विशेष रोगावश्था जस्तैः– प्याङ्क्रियाजको संक्रमण, सिस्टिक फाईब्रोसिस, हेमाक्रोमाटोसिस, कुसी सिन्ड्रोम, पोली सिस्टिक ओभरी सिन्ड्रोम र प्याङ्क्रियाजको क्यान्सरमा देखिने चौथो प्रकारको मधुमेह हो ।

यी चार किसिमका मधुमेहहरू मध्ये टायप १ मधुमेह अथवा इन्सिुलिन आश्रित मधुमेहको उपचार इन्सुलिन थेरापीबाटै गर्नुपर्ने हुन्छ भने टायप टू मधुमेह अथवा इन्सिुलिन अनाश्रित मधुमेहलाई पनि यदि जीवनशैली परिवर्तन गरेर वा औषधि खाएर पनि रक्त ग्लूकोज नियन्त्रणामा नआएमा इन्सुलिन नै लगाउनु पर्ने हुन्छ ।

कसले लिने ईन्सुलीन

१.अनियन्त्रित मधुमेहले पीडित गर्भवति स्त्री

२. यदि खाने औषधिले मधुमेह कन्ट्रोल नभएमा

३. मुटुका रोग भएका, हृदयघात भएका, प्यारालाइसिस भएका मधुमेहले आँखा, मिर्गौला, नशा, खुट्टाजस्ता संवेदनशिल अंगलाई हानी पुर्‍याइसकेको अवस्थामा

४. टायप वान डाइविटिज र कुपोषणको कारणले हुने मधुमेहमा

५. एडभान्स (झ्याङ्गिसकेको) मधुमेहमा

कसरी लिने इन्सुलिन

१. चिकित्सकले बताए अनुसारको मात्रा लिनु पर्छ

२. इन्सुलिन लिन सुई हान्ने वा इन्सुलिन पेनको उपयोग गर्न सकिन्छ । तर पेन सुईभन्दा सजिलो हुन्छ

३. तोकिएको मात्रा निर्धारण गरेर खाना खानु भन्दा १०—१५ मिनेट पहिले लिनु पर्दछ

४. एक टाएमको इन्सुलिन लिन बिर्सिएमा भुलेर पनि अर्को पटक डवल डोज लिनु हुँदैन

५. दुई इन्सुलिनको बीच १०—१२ घण्टाको ग्याप हुन जरुरी छ

६. इन्सुलिन लाई चिसो तथा सुख्खा ठाउँमा राख्ने गरौँ

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ०१ बजे

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा