पखाला लागेमा यसरी गर्न सकिन्छ घरेलु उपचार « Khabarhub

पखाला लागेमा यसरी गर्न सकिन्छ घरेलु उपचार


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ । पेटसम्बन्धी रोगहरुमा धेरै प्रकारका हुन्छन् जस्तै— अपच हुनु, कब्जियत हुनु, अमलपित्त, झाडापखाला आदि । घरमै उपलब्ध हुने औषधिहरुबाट पनि यस्ता रोगहरुलाई भगाउन सकिन्छ ।

घरेलु उपचार विधि

– जामुनको रुखको बोक्रा पातलो दिसा जाने समस्याका लागि निकै उपयोगी हुन्छ । बोक्राको धुलो १/१ चम्चाका दरले चिसो पानीमा मिलाई खानाले पातलो दिसा जाने समस्या निको हुन्छ ।

– बिल्वको फल अथवा रस सेवन गर्नु पातलो दिसाको लागि लाभदायक हुन्छ ।

– हरियो दुवोको रस अथवा दुध चिसो पानीमा मिलाई सेवन गर्नाले लाभदायक हुन्छ ।

– धेरै नै बढी मात्रामा पातलो दिसा गइरहेको छ भने लौकाको रस (पिरो नहाली) खाँदा धेरै फाइदा हुन्छ ।

– इमलीको घाँजीको धुलो पानीमा मिलाई बिहान बेलुका २/२ चम्चा खानाले पातलो दिसा जाने समस्या निको हुन्छ ।

– २ ग्राम पाखनवेद एक ग्लास दहीमा मिलाई खाँदा पातलो दिसालाई निको पार्दछ ।

– १ ग्लास निम्बुको रसमा आधा चम्चा मेथी मिलाई सेवन गर्नाले पातलो दिसा कम हुन्छ ।

– स्याउको दानाको बोक्रा छोडाई हल्का मात्रामा कालो मरिचको धुलो छर्की खानाले पातलो दिसालाई कम गराउँछ ।

– काँचो आँप, अनार, सौफ र धनिया बराबर मात्रामा पानीमा मिलाई खानाले पातलो दिसा निको हुन्छ ।

– आधा चम्चा फिटकिरी, १ ग्राम अफिमलाई पिसेर १ चम्चा ईसवगोला मिलाई सेवन गर्नाले पातलो दिसा कम हुन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : १० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै