विश्वकप हेर्ने १० लाख दर्शकलाई निःशुल्क कोरोना खोप लगाउने कतारको घोषणा | Khabarhub Khabarhub

विश्वकप हेर्ने १० लाख दर्शकलाई निःशुल्क कोरोना खोप लगाउने कतारको घोषणा


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले विश्वकप २०२२ को खेल हेर्न आउने १० लाख दर्शकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइ दिने भएको छ ।

कतारका प्रधानमन्त्री र आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले यहाँका विभिन्न पत्रिकाका सम्पादकहरुसंग कुराकानी गर्दै खोप उत्पादक कम्पनीहरु छलफल भैरहेको बताएका छन् ।

“हामी हाल विश्व कप कतार २०२२ मा आउने गैर-खोप लगाएका मानिसहरूलाई खोप दिन १० लाख डोज खोप उपलब्ध गराउन कम्पनीसँग वार्ता गरिरहेका छौँ,” प्रधानमन्त्री  अल थानीले भने, “२०२२ विश्व कप हेर्न कतार आउने केही मानिसहरूलाई खोप दिने हाम्रो प्राथमिक लक्ष्य भनेको नागरिक र बासिन्दाहरूको जनस्वास्थ्यको रक्षा गर्नुका साथै टूर्नामेन्टमा भाग लिने प्रशंसकहरूलाई जोगाउनु हो ।”

खोप नलगाएका दर्शकलाई स्टेडियममा प्रवेश गर्न समेत पाउने छैनन् ।

“महामारीले सुरुमा केही सानो प्रभाव पारेको थियो, तर हामीले चाँडै तयारी गर्न थालिसकेकाले विश्वकप परियोजनाहरूमा काम गर्ने कम्पनीहरूसँगको समन्वयमा आवश्यक सामग्रीको वितरण सुनिश्चित गर्न हामी छिटो सफल भयौं,” उनले भने।

यहाँको स्टेडियमहरू मध्ये सबैभन्दा ठूलो लुसेल स्टेडियमको पनि ९० प्रतिसत काम सम्पन्न भैसकेको प्रधानमन्त्रीलाई उद्धृत गर्दै पिनेन्सुला पत्रिकाले जनाएको छ ।

२२औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता नोभेम्बर २१, २०२२ मा कतारमा सुरू हुनेछ भने डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसको दिन फाइनल खेलिनेछ ।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : १५ बजे

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ