नक्कली पत्रकार र वन कर्मचारीको आवरणमा ठगी, २ जना पक्राउ « Khabarhub

नक्कली पत्रकार र वन कर्मचारीको आवरणमा ठगी, २ जना पक्राउ


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ-  नक्कली पत्रकार र वन कर्मचारीको आवरणमा ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरको छ ।

प्रहरीका अनुसार ठगी आरोपमा पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा घर भएका पुष्पप्रसाद सिग्देल र सुनसरीको इटहरी घर भएका दधिराम चौहान छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१० बाट ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले आफूलाई ‘वन कार्यालयको कर्मचारी’ र ‘पत्रकार हुँ’ भनेर डर देखाएर रतुवामाई–१० मा रहेको माइवेनी काठ मिलमा इन्धन तथा नगद मागेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अहिले उनीहरुलाई ठगी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : १५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि