सरकारी गाडीमा ‘डेटिङ’ गएका उपसचिवको बयान : ‘पूजा गर्न स्वयम्भू पुगेका हौँ’ « Khabarhub

सरकारी गाडीमा ‘डेटिङ’ गएका उपसचिवको बयान : ‘पूजा गर्न स्वयम्भू पुगेका हौँ’


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निषेधाज्ञाको समयमा सरकारी गाडीमा आफ्नै कार्यालयकी एक युवतीलाई लिएर स्वयम्भू  ‘डेटिङ’ पुगेको आरोप लागेका शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख रोशन श्रेष्ठले आफूहरु पूजा गर्नका लागि त्यहाँ पुगेको बयान दिएका छन् ।

प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर युवतीसहित स्वयम्भू पुगेर प्रेमलापमा लिप्त भएको फोटो/भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनीमाथि गृहमन्त्रलायले छानविन सुरु गरेको थियो ।

मन्त्रालयले युवती लिएर स्वयम्भू पुग्ने व्यक्ति शहर आयोजना प्रमुख रोशन श्रेष्ठ रहेको पत्ता लगाएपछि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र काटेको थियो ।

गृहको पत्र अनुसार सीडीयो कार्यालय काठमाडौँले घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

समितिले बयानका लागि रोशन श्रेष्ठ र ती करारका कर्मचारीलाई बोलाएर सोधपुछ गरेको थियो ।

समितिका एक सदस्यका अनुसार उनीहरु दुबैले समितिलाई दिएको बयान क्रममा आफूहरु स्वयम्भूमा पूजा गर्न गएको बताएका छन् ।

स्वास्थ्य संस्थाको इस्टिमेट तयार पार्न गएको र काम सकिएपछि स्वयम्भू दर्शन गर्न तथा मन्दिरमा पूजा सामग्री चढाउन गएको बयान दिएको ती सदस्यले बताए ।

यस अघि मिडियाले यस विषयमा उनै श्रेष्ठलाई प्रश्न गर्दा उक्त गाडी आफैले चढ्ने भए पनि ड्राइभरले लगेको हुनसक्ने प्रतिक्रिया दिएका थिए । उनले भिडियो र तस्वीरमा देखिएको व्यक्ति आफू नभएको दाबी गरेका थिए ।

यद्यपि छानविन समितिले जाँचबुझ गर्दा उनीहरुले पास लिएरै हिँडेको देखिएको हुँदा निषेधाज्ञा उल्लघन नभएको निष्कर्ष निकालेको छ ।

श्रेष्ठले चलाएको सो प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीको पास शहरी योजनाका विभागीय प्रमुखले दिएको पाइएका कारण निषेधाज्ञा भने उल्लंघन नभएको निष्कर्षमा समिति पुगेको हो ।

गृहले निषेधाज्ञा उल्लंघन भए वा नभएको जाँचबुझ गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेको थियो र उल्लंघन भएको भए सोही अनुसार कारवाही गर्न पनि भनेको थियो ।

समितिले निषेधाज्ञा उल्लंघन भने नभएको निष्कर्षसहित छानविनको प्रतिवेदन र आवश्यक कारबाहीको मागसहित भौतिक योजना मन्त्रालयलाई पठाइएको छ ।

यो पनि पढौँ
सरकारी गाडीमा ‘डेटिङ’ गएका आयोजना प्रमुखमाथि कारबाही शुरू

सरकारी गाडी लिएर ‘डेटिङ’मा स्वयम्भू पुग्ने व्यक्तिको परिचय खुल्यो, के होला कारबाही ?

निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भू पुगेर एक जोडी ‘डेटिङमा लिप्त’

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : १६ बजे

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही

हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय

काठमाडौं महानगरमा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर