निषेधाज्ञामा नक्कली पास लिएर हिँडेको आरोपमा ४ जना पक्राउ « Khabarhub

निषेधाज्ञामा नक्कली पास लिएर हिँडेको आरोपमा ४ जना पक्राउ


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपेन्देही– निषेधाज्ञामा नक्कली पास लिएर हिँडेको आरोपमा प्रहरीले रुपन्देहीमा ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुल्मी धुर्कोट नगरपालिका–७ स्थाई घर भई बुटवल उपमहानगरपालिका – ११ बस्ने २७ वर्षीय विनोद घिमिरे, बुटवल उपमहानगरपालिका–११ का ५३ वर्षिय रोलक बहादुर बुढाक्षेत्री र गुल्मी मुसिकोट नगरपालिका – ७ का २७ वर्षिय विपिन काफ्ले छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्य थापा अनुसार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई जनही ५० हजार जरिवाना तिराएको छ ।

यस्तै, बुटवल उपमहानगरपालिका – १२ का ३९ वर्षिय मनोज गैरेलाई नियन्त्रणमा लिई ५ हजार जरिवाना लिई कारवाही गरिएको छ ।

नक्कली पास बनाई बेच्ने र सो कार्य गर्न सहयोग गरी कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरित हुने गरी कार्य गरेकोले उनीहरुलाई सोही अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम सजाय तथा जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : ०३ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर