आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न कोइराला र सिंहलाई निधिको आग्रह « Khabarhub

आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न कोइराला र सिंहलाई निधिको आग्रह


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न उपसभापति विमलेन्द्र निधिले महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आग्रह गरेका छन् ।

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारी गरेका उपसभापति निधिले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएर गरेको छलफलका क्रममा सहयोगका लागि आग्रह गरेका हुन् ।

छलफलका क्रममा आगामी महाविधेशनमा सभापति शेरबहादुर देउवालाई रोक्ने विषयमा बढी केन्द्रित रहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । उनले भने, ‘आगामी महाविधेशनमा शेरबहादुर देउवालाई कसरी रोक्ने भन्ने विषयमा अलि बढी केन्द्रित भएर छलफल भयो ।’

उपसभापति निधिको आग्रहमा कोइराला र सिंहले परिस्थति हेरेर निर्णय लिने बताएका छन् । त्यसबाहेक अदालतमा विचाराधिन संसद पुनर्स्थापनाको रिट, बाढी पहिरोको प्रकोप र कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका काम र खोप आयातमा भइरहेको ढिलाईका बारेमा समेत छलफल भएको ती नेताले जानकारी दिए ।

वैवाहिक वर्षगाँठको अवसर पारेर उपसभापति निधिले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई लञ्च मिटिङका लागि आफ्नो निवासमा बोलाएका थिए ।

सभापति देउवा पक्षमा रहेका उपसभापति निधिले सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले समेत सभापतिको दाबी प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : १५ बजे

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई