सार्वजनिक यातायात सञ्चालन गर्न माग « Khabarhub

सार्वजनिक यातायात सञ्चालन गर्न माग


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै यातायात व्यवसायीहरुले सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गरेका हुन् ।

लामो समयसम्मको निषेधाज्ञाले यातायात व्यवसायी तथा श्रमिकहरु प्रत्यक्ष मारमा रहेकाले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी तत्काल सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण हुनुपर्ने उनले बताए ।

लामो समयसम्म सार्वजनिक यातायात सञ्चालन नभए यसले देशको अर्थतन्त्रमा समेत संकट पर्ने उनको भनाइ छ । उनले उच्च सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने कुरामा कुनै द्विविधा नराख्न पनि आग्रह गरे ।

ज्ञापन पत्र बुझ्दै सचिव श्रेष्ठले अब कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात पनि खुल्ने विश्वास गरे उनले यातायात व्यवसायीको मागका बारेमा सिसिएमसी लगायत सम्बन्धी निकायमा कुरा राख्ने प्रतिबद्धता जनाए ।

यसअघि उपत्यकाका प्रशासन कार्यालयले मंगलबारबाट उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा निजी सवारीसाधान सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरुले पनि सार्वजनिक यातायात खोल्नुपर्ने माग गरेका हुन्।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ४५ बजे

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको