ज्वाला संग्रौलासहित तीनै जनालाई ३ दिन थुनामा राख्न अनुमति « Khabarhub

ज्वाला संग्रौलासहित तीनै जनालाई ३ दिन थुनामा राख्न अनुमति


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने ज्वाला संग्रौलासहित ३ जनामाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय मार्फत ३ दिनको अनुमति पाएको छ।

अभद्र व्यवहारको कसुरमा आइतबार पक्राउ परेकी संग्रौला सहित तीनैजनालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

संग्रौलासहित उनको समूहका व्यक्तिले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दूर्व्यवकार गरेका थिए। उक्त घटनाबारे मधेशी आयोगमा उजुरी परेको थियो।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै