ओली पार्टी एकता भंग गर्ने दिशामा लागे : माधव नेपाल « Khabarhub

ओली पार्टी एकता भंग गर्ने दिशामा लागे : माधव नेपाल


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता माधवकुमार नेपालले जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई कमजोरीका रुपमा लिएको आरोप लगाएका छन् ।

नेता नेपालले अध्यक्ष ओली नै पार्टी एकता भंग गर्ने दिशामा लागेको उल्लेख गर्दै कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएकामा असन्तुष्टि जनाएका हुन् ।

अध्यक्ष ओलीको पछिल्लो कदमलाई लिएर असन्तुष्टि व्यक्त गर्दै नेता नेपालले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कदमको विरोध गरेका हुन् ।

उनले भनेका छन्, ‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।’

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।

तर सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक समितिले गरेको कारबाही वैध नहुने भन्दै सांसदहरुलाई पुनर्वहाली गरिदिएको थियो । उक्त आदेशविरुद्ध सोमबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।

नेता नेपालले प्रधानमन्त्री ओलीमाथि सत्ता जोगाउन संविधान विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गरेको आरोप पनि लगाएका छन् । ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ’ उनले भने ।

नेपाल नेपालले स्थायी समितिका नेतामाथि कथित कारबाही र फेरि उनीहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै