यस्तो छ निर्जला एकादशीको धार्मिक महिमा « Khabarhub

यस्तो छ निर्जला एकादशीको धार्मिक महिमा


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आर्ज निर्जला एकादशी । एक वर्षमा हुने २४ वटा एकादशी मध्ये यस एकादशीको विशेष महत्व रहने गरेको छ । हुनत हिन्दू धर्ममा सबै एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । तर निर्जला एकादशीको व्रत अझ विशेष मानिन्छ ।

हुनत, अधिकमास अथवा मलमास परेको वर्ष यो एकादशीको संख्या बढेर २६ हुन जान्छ । ति एकादशीलाई पद्मिनि विशुद्ध एकादशी र परमाशुद्ध एकादशी पनि भनिन्छ ।

तर ज्येष्ठ महिनाको शुक्ल पक्ष तिथीको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिन हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर यसलाई मनाउने गर्दछन् । यस व्रतमा पानी समेत पिउँनु वर्जित छ । त्यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।

यस्तो निर्जला एकादशीको कथा

एक पटक महर्षि व्यास पाण्डवहरूकोमा आए । त्यहा सर्वज्ञ वेदव्यासले पाण्डवहरूलाई चारै पुरुषार्थ– धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराए । त्यस क्रममा महाबली भीमले महर्षि व्यासलाई निवेदन गरे – हे पितामह ! तपाईँले त, प्रति पक्ष एक दिनको उपवासको कुरा भन्नुभयो । युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, माता कुन्ती र द्रौपदी सबै एकादशीको व्रत गर्दछन् र मलाई पनि व्रत राख्न भन्दछन् । परन्तु म नखाई रहन सक्दिन । म त एक दिन त के एक समय पनि भोजन विना रहन सक्दैन – मेरो पेटमा वृक नामक अग्नि छ, त्यसलाई शान्त राख्न मैले कैयौं मान्छेको बराबर अथवा कैयौं पटक भोजन गर्नु पर्दछ । यस्तोमा के म आफ्नो यस भोकका कारण म एकादशी जस्तो पुण्य व्रतबाट बाँच्न सकुँला ?

महाबली भीमको कुरा सुन्दै पितामहले समस्याको समाधान स्वरुप उनको मनोबल बढाउँदै भने – हे कुन्तीनन्दन, धर्मको यही त विशेषता छ कि यो सबैलाई धारण नै गर्दैन, सबैलाई योग्य साधन व्रत–नियमहरूको निकै सहज र लचिलो व्यवस्था पनि उपलब्ध गराउँछ ।

अतः तिमी ज्येष्ठ मासको शुक्ल पक्षको निर्जला नामको एक मात्र एकादशीको व्रत गर र तिमीलाई वर्षका समस्त एकादशिहरूको फल प्राप्त हुनेछ । निःसंदेह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ ।

महर्षिले भीमलाई भने ज्येष्ठ शुक्ल एकादशीको व्रतमा स्नान आचमनमा पानी पिउँनुमा दोष हुँदैन, यस व्रतबाट अन्य तेइस एकादशीहरूको पुण्यको लाभ पनि मिल्नेछ । तिमी जीवन पर्यन्त यस व्रतको पालन गर ।

यती आश्वासनमा त वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्नलाई सहमत भए । भीमले ठुलो साहसका साथ निर्जला एकादशी व्रत गरे, जसको परिणाम स्वरूप प्रातः हुँदै उनी सज्ञाहीन भए तब पाण्डवहरूले गङ्गाजल, तुलसी, चरणामृत प्रसाद, दिएर उनको मुर्छा दुर गरे ।

यस एकादशीले वर्षभरीका एकादशिहरूको पुण्य लाभ दिने गर्दछ । यस श्रेष्ठ निर्जला एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ । यस दिन जो स्वयम् निर्जल रहेर ब्राह्मण वा आवश्यकता भएकाहरुलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछ त्यसले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग्दछ ।

व्रतको विधान

यो व्रतलाई नर नारी दुबैले गर्नु पर्दछ । जलपानको निषेध भए पनि फलहारको साथमा दूध लिन सकिन्छ । यस दिन निर्जल व्रत गर्दै शेषशायी रूपमा भगवान विष्णुको अराधनाको विशेष महत्व छ । यस दिन ॐ नमो भगवते वासुदेवायः मन्त्रको जप गरेर गोदान, वस्त्र दान, छत्र, फल आदिको दान गर्नुपर्छ ।

एकादशीको रातमा जाग्राम बस्ने चलन छ । मार्कण्डेय पुराण र बिष्णु पुराणमा यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पापमोचन हुने र सोझै वैकुण्ठ प्राप्त हुने लेखिएको छ । साथै निर्जला एकादशीको व्रत पश्चात द्धादशीका दिनमा बिहान उठेर, चोखो भएर दानपुण्य गरेर मात्र भोजन लिने चलन छ ।

यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पंखा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एक दिन अगावै सन्ध्या वन्दनम गर्ने चलन रहन्छ, यसो गर्दा अचामनीवाट पवित्र पानी लिएर हत्केलामा राखि पवित्रताका साथ आरती र वन्दना गरिन्छ ।

एकदशीकै दिनमा आफ्ना बिचार र सोचमा बिष्णुलाई राख्न सुझाव दिइन्छ, बिष्णुको शालिग्राम स्वरुपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ४५ बजे

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

एजेन्सी– आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा– सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ

कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस 

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय