श्रीलंकाविरूद्धको एकदिवसीय क्रिकेट सिरिज भारतलाई « Khabarhub

श्रीलंकाविरूद्धको एकदिवसीय क्रिकेट सिरिज भारतलाई


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंकालाई पराजित गर्दै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ ।

कोलम्बोमा मंगलबार राति भएको खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको हो । जितसँगै भारतले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै २-० ले कब्जा गरेको हो ।

श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा दीपक चाहरले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । भुवनेश्वर कुमार १९ रनमा अविजित रहे । यस्तै सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा मनिस पाण्डेले ३७ रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो ।

श्रीलंकाका लागि चारिथ आश्लन्काले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । तेस्रो खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : ४१ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा