श्रीलंकाविरूद्धको एकदिवसीय क्रिकेट सिरिज भारतलाई « Khabarhub

श्रीलंकाविरूद्धको एकदिवसीय क्रिकेट सिरिज भारतलाई


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंकालाई पराजित गर्दै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ ।

कोलम्बोमा मंगलबार राति भएको खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको हो । जितसँगै भारतले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै २-० ले कब्जा गरेको हो ।

श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा दीपक चाहरले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । भुवनेश्वर कुमार १९ रनमा अविजित रहे । यस्तै सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा मनिस पाण्डेले ३७ रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो ।

श्रीलंकाका लागि चारिथ आश्लन्काले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । तेस्रो खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : ४१ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ