मालीका अन्तरिम राष्ट्रपति गोइता सकुशल, टेलिभिजनमार्फत् गरे देशबासीलाई सम्बोधन « Khabarhub

मालीका अन्तरिम राष्ट्रपति गोइता सकुशल, टेलिभिजनमार्फत् गरे देशबासीलाई सम्बोधन


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मंगलबार हत्या प्रयास गरिएका मालीका अन्तरिम राष्ट्रपति कोलोनेल असिमी गोइता सकुशल रहेको पुष्टि भएको छ ।

हत्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै गोइताले आफू सकुशल रहेको बताए ।

राजधानी बामाकोमा टेलिभिजनमा बोल्दै उनले भने,“यो आक्रमण मालीमा अस्थिरता चाहने समूहले गराएको र यस्ता समूहले कुनै पनि समय अवाञ्छित क्रियाकलाप गर्नेछन् ।”

गोइताले ओआरटीएम नामक टेलीभिजनमार्फत् भने, “नेतृत्वमाथि यस किसिमका हमला हुने गर्छन् तर यसबाट एउटा कुशल राजनीतिज्ञ डराएर पछि हट्ने कुरा हुँदैन ।”

गोइतालाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले यस पहिले जानकारी गराएको छ ।

उनलाई दुई व्यक्तिले आक्रमण गरेको तर उनी सकुशल रहेको उनको कार्यालयले बताएको छ । आक्रमणकारी दुई व्यक्तिमध्ये एकसँग धारिलो हतियार (चक्कु) भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तरिम राष्ट्रपति गोइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण प्रयास भएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : ५६ बजे

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार