ब्राउन सुगरसहित नेपालगञ्जबाट दुईजना पक्राउ | Khabarhub Khabarhub

ब्राउन सुगरसहित नेपालगञ्जबाट दुईजना पक्राउ


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– लागुऔषध ब्राउनसुगर र ५ लाख रुपैयाँभन्दा बढी नगदसहित प्रहरीले बाँकेको नेपालगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका– १५ का ६१ वर्षीय गुन्नु कवडिया र १८ वर्षका राहुल कवडिया छन् । उनिहरुका साथबाट २ ग्राम १०० मिलिग्राम ब्राउन सुगर र श्रोत नखुलेको ५ लाख १५ हजार ५ सय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ब्राउन सुगरको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उनिहरुलाई नेपालगञ्ज उपमहानगर–११, ठटेरियन टोलबाट पक्राउ गरिएको हो । अहिले उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ९ : ०२ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश