लेजेण्ड एल क्लासिको : रियल मड्रिडले बार्सिलोनालाई हरायो « Khabarhub

लेजेण्ड एल क्लासिको : रियल मड्रिडले बार्सिलोनालाई हरायो


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेजेण्ड एल क्लासिको खेलमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ ।

इजरायलमा मंगलबार राति सम्पन्न खेलमा रियलको लेजेण्ड टिमले बार्सिलोनालाई ३-२ गोलले हराएको हो ।

खेलको २८औँ मिनेटमा जाभिएर स्याभिओलालई रियलका डिफेण्डर एन्टानियो नुनिजले लडाएपछि बार्सिलोनालाई पेनाल्टी दिइएको थियो । ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

४२औँ मिनेटमा रियलका मुनिटिसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ४४औँ मिनेटमा अल्फन्सोले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । ६०औँ मिनेट जोफ्रे माटिउले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याए । ७०औँ मिनेटमा डेल ला रेडले गोल गर्दै रियललाई ३-२ को जित दिलाए ।

खेलमा बार्सिलोनाको टिममा मरिएनो,मिक्वेल सोलेर,जोन एन्डोनी,ओस्कर अर्पोन,गाइज्का,जेभियर,डेको,रिभाल्डो र रोनाल्डिन्होलगायतका खेलाडी थिए ।

रियलको टिममा पनि जोर्डी कोडिना,रोबेर्टो कार्लोस,रिभेरा,एन्टोनियो नुनेज,आल्फोन्सो पेरेज,क्याम्पो,लुइस फिगो, फनाएन्डो सन्ज र रुबिन डे ला लगायतका खेलाडी थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ११ : ४० बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी