टोकियो ओलम्पिकः महिला फुटबलका स्पर्धाहरु सुरु हुँदै « Khabarhub

टोकियो ओलम्पिकः महिला फुटबलका स्पर्धाहरु सुरु हुँदै


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लामो समयको प्रतीक्षा पछि अन्ततः टोकियो ओलम्पिकमा बुधबारबाट बिभिन्न प्रतिस्पर्धाहरु सुरु हुँदैछन् । पहिलो दिन बुधबार महिला फुटबलका बिभिन्न ६ खेल हुनेछन् । छनोट चरण पार गरेका १२ टोलीलाई ३ समुहमा बिभाजन गरी प्रतिस्पर्धा गराउँन लागिएको हो ।

समुह ‘ई’मा आयोजक जापानसहित बेलायत, चिली र क्यानाडा, समुह ‘एफ’मा चीन, ब्राजिल, जाम्बिया र नेदरल्याण्डस् तथा समुह ‘जी’मा अमेरिका, स्विडेन, अष्ट्रेलिया र न्युजिल्याण्ड छन् ।

पहिलो दिन बुधबार समुह ‘ई’मा बेलायत र चिली नेपाली समयअनुसार दिउँसो सवा १ बजे प्रतिस्पर्धा गर्नेछन् । सोही समुहबाट आयोजक जापान र क्यानाडा अपरान्ह सवा ४ बजे आमनेसामने हुनेछन् ।

समुह ‘एफ’को खेलमा दिउँसो पौने २ बजे चीन र ब्राजिल भिड्दा अपरान्ह पौने ५ बजे जाम्बियाले नेदरल्याण्डस्को सामना गर्नेछ ।

समुह ‘जी’को खेलमा दिउँसो सवा २ बजे अमेरिका र स्विडेन तथा साँझ सवा ५ बजे अष्ट्रेलिया र न्युजिल्याण्डबीच खेल हुनेछ ।

महिलातर्फ फुटबलको स्वर्ण पदकका लागि अगष्ट ६ मा प्रतिस्पर्धा हुनेछ ।

पुरुष तर्फ फुटबलका स्पर्धाहरु भने बिहीबार सुरु हुनेछन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १२ : २० बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको