वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु « Khabarhub

वन्यजन्तुको आक्रमणबाट १४ जनाको मृत्यु


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।

यसरी ज्यान गुमाउनेहरुमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीनजना छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार वन्यजन्तुबाट मृत्यु हुनेमा सबैभन्दा बढी बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँचजना छन्।

हात्तीको आक्रमणबाट दुई, बँदेलको आक्रमणबाट एक र गौरी गाईको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। सोही अवधिमा निकुञ्ज र वन कार्यालय क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट ४३ जना घाइते भएका थिए ।

घाइतेमध्ये २५ सामान्य र १८ जना सख्त घाइते भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट आठ जनाको मृत्यु भएको थियो । तीमध्ये डिभिजन वन क्षेत्रमा एक जनाको मृत्यु भएको थियो । सोही अवधिमा ३१ घाइते भएका थिए ।

घाँस दाउरा काट्न, निगुरो टिप्न, गाईबस्तु चराउन जाने क्रममा निकुञ्ज र डिभिजन वन क्षेत्रभित्र प्रवेश गर्दा वन्यजन्तुले आक्रमण गर्ने गरेको उनले जानकारी दिए । कोरोना सङ्क्रमणसँगै निषेधाज्ञाको समयमा मानिस फुर्सदिला भएर जङ्गल प्रवेश गर्ने गरेकाले पनि वन्यजन्तुको आक्रमण बढेको हो ।

निकुन्जले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका तथा घाइतेको परिवारलाई राहतस्वरुप रु एक करोड ७४ लाख, ८४ हजार ९२२ वितरण गरेको छ । यो रकम मृतकका परिवारलाई रु १० लाखका दरले क्षतिपूर्ति र घाइतेलाई उपचार खर्चस्वरुप अवस्था हेरी रु २० हजारदेखि दुई लाखसम्म वितरण गरिएको थियो ।

यस्तै घरगोठ, पशुधन, अन्नबाली, बाली भण्डारणजस्ता क्षेत्रमा वन्यजन्तुले पुर्‍याएको क्षतिबापत पनि राहत वितरण गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : २० बजे

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने