‘टाइगर ३’लाई शरीर बनाउदै सलमान « Khabarhub

‘टाइगर ३’लाई शरीर बनाउदै सलमान


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता सलमान खान फिल्म ‘टाइगर’को फ्रेञ्चाइजीको तेस्रो फिल्म ‘टाइगर ३’लाई लिएर चर्चामा छन् । फिल्मको रिलिज, कलाकार र सुटिङ लोकेसनले गर्दा पनि उनको चर्चा र व्यस्तता बढ्दो छ । यद्यपि उनले फिल्मसँग जोडिएका कुनै पनि कुरा खुलाएका छैनन् ।

उनले मंगलबार एक भिडियो आफ्नो इन्स्टाग्राम एकाउण्टमा राखेका छन् । जुन भिडियोमा उनी जिममा पसिना बगाइरहेका छन् । भिडियोमा उनको शानदार शरीर पनि देखिएको छ ।

‘मलाई लाग्छ कि यो व्यक्ति टाइगर ३ का लागि तालिम लिइरहेको छ’, सलमानले क्याप्सन लेखेका छन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रिलिज भएको केही घण्टामै भिडियोलाई ३० लाख बढीले हेरिसकेका छन् । ‘टाइगर’ फ्रेञ्चाइजीलाई एक स्पाई फिल्मको सिरिज मानिएको छ । यो फिल्मको पहिलो अंश ‘एक था टाइगर’ सन् २०१२ मा रिलिज भएको थियो । यसको निर्देशक कबीर खानले गरेका थिए ।

यो फिल्मको सफलता पछि सन् २०१७ मा फिल्म ‘टाइगर अभी जिन्दा है’ रिलिज भयो । यो फिल्मको निर्देशन अली अब्बास जफरले गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : ३० बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी बाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा