शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिन चाहिन्छ विश्वसनीय कार्ययोजना « Khabarhub

शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिन चाहिन्छ विश्वसनीय कार्ययोजना


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थायी घर भएका विवेक दाहाल होटल चलाएर रमिरहेका छन् ।

उनी साइप्रसमा ६ वर्ष पढेर स्वदेशमै केही काम गर्छु भन्ने सोचका साथ फर्के । उनले हेटौँडामा रेस्टुरेन्ट खोलेको तीन वर्ष भयो ।

विवेकले नेपाल सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतमा ऋण दिन्छ भन्ने थाहा पाए । उनले व्यवसाय सञ्चालनमा केही राहत हुने ठानेर बैंकमा गए । बैंकले मागेका कागजातहरू पुर्‍याएर ६ प्रतिशत व्याजमा २०७६ माघमा ऋण लिए ।

ऋण लिने प्रक्रिया पूरा गर्न पाँच महिना लाग्यो । त्यसपछि एकमुष्ठ सात लाख रुपैयाँ पाए ।

विवेकले रेस्टुरेन्टमा सरकारी ऋणसहित ३५ लाख रुपैयाँ लगानी गरेका छन् । ऋण चुक्ता गरिसक्ने समय पाँच वर्ष हो । उनले दुई वर्ष नहुँदै व्याजसहित २ लाख ८० हजार रुपैयाँ बुझाइसके । कोरोना भाइरसका कारण व्यवसायमा केही असर परेको उनले बताए ।

स्वरोजगार बन्न चाहने शिक्षित युवाका लागि यस्तो सहुलियत ऋण उपयोगी हुने विवेको उनको भनाइ छ । उनले होटलसम्बन्धी तालिन दिने इन्स्टिच्युट पनि चलाएका छन् ।

काठमाडौँ सामाखुसीका अर्का युवाले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ऋण लिएका छन् । उनले डेन्टल क्लिनिक चलाएका छन् । उनी अर्को एक ठाउँमा जागिर पनि गर्छन् । क्लिनिकबाट आम्दानी राम्रो भइरहेको उनले बताए । उनले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् ।

अब ऋण रकम २५ लाख

चालु आर्थिक वर्षदेखि शैक्षिक प्रमाणपत्र धितोमा २५ लाख रूपैयाँसम्म ऋण पाइने भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उक्त घोषणा गरेको हो ।

चार वर्षअघि शुरू गरिएको यो कार्यक्रममा चालु आर्थिक वर्षसम्म अधिकतम ७ लाख रुपैयाँ सीमा तोकिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर १३९ जना युवाले ऋण लिएका छन् । यो संख्या अपेक्षाअनुसार नभएको ठानिएको छ ।

शैक्षिक प्रमाणपत्र धितोमा २५ लाख रूपैयाँसम्म पाउने भएपछि युवाहरूको आकर्षण बढ्ने अपेक्षा सरकारको छ ।

यस्तो छ ऋण लिने प्रक्रिया

शैक्षिक प्रमाणपत्र धितोमा कर्जा पाउने भनेको शैक्षिक प्रमाणपत्र बैंकलाई बुझाउनासाथ पाइने होइन । यसमा खास मापदण्ड पूरा गर्नुपर्छ ।

सरकारले नीति बनाउने हो, ऋण बैंकले दिने हो । बैंकले समयमा चुक्ता हुने विश्वास खोज्छ । बैंकको उद्देश्य युवालाई ऋणी बनाउने होइन, व्यवसायी बनाउने हो । यसकारण उसले मापदण्डमा कडाइ गर्छ । विश्वास दिलाउनेले मात्रै ऋण पाउँछ । यसै कारण शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिनेको संख्या निकै कम भएको ठानिएको छ ।

ऋण लिन चाहने व्यवसायीले बैंकलाई विश्वसनीय कार्य योजना पेश गर्नुपर्छ । कार्य योजनाले निर्धारित अवधिमा ऋण चुक्ता गर्न सक्ने विश्वास दिलाउनुपर्छ ।

स्थायी लेखा नम्बर, कर्जा सूचना केन्द्रको कालो सूचीमा नपरेको प्रमाण, कम्तीमा स्नातक उत्तीर्ण भएको शैक्षिक कागजात हुनुपर्छ । उमेर ४० वर्ष उमेर नाघेको हुनु हुँदैन ।

घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् जस्ता कुनै आधिकारिक निकायबाट कम्तीमा सात दिनको उद्यम वा व्यवसाय सीप विकास तालिम लिएको हुनुपर्छ ।

ऋणको नयाँ कार्यविधि सार्वजनिक गरेको छैन । कार्यविधि चाँडै आउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : १० बजे

बैतडी–१ मा रास्वपाका हरि र एमालेका दामोदरबीच कडा प्रतिस्पर्धा

बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

तत्कालै राप्रपा छोडेर स्वतन्त्र रहने रवीन्द्र मिश्रको घोषणा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा हारेपछि रवीन्द्र मिश्रले

अछाम–१ मा भीम रावल पछि परे, कांग्रेसका भरतकुमार स्वाँर अघि लागे

अछाम– अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार

हुम्ला प्रतिनिधिसभा अपडेट : नेकपा अग्रस्थानमा

हुम्ला– हुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकाया अग्रस्थानमा

गुल्मी-२ : रास्वपाका गोविन्द पन्थी विजयीः एमालेका गोकर्ण विष्ट पराजित

गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २