मानव तस्करी : झुक्याएर कम्बोडिया पुर्‍याउँदै, यौन शोषणमा फसाउँदै | Khabarhub Khabarhub

मानव तस्करी : झुक्याएर कम्बोडिया पुर्‍याउँदै, यौन शोषणमा फसाउँदै



राष्ट्रिय मानव अधिकार आयोगका अनुसार नेपालमा हरेक वर्ष करिब ३५ हजार मानिस बेचिन्छन्, १५ लाख मानिस बेचबिखनको जोखिममा छन्

काठमाडौँ– एक युवतीले गत असारको पहिलो साता नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा एउटा उजुरी दिइन् । उनको उजुरीको सार थियो– मलाई प्रलोभनमा पारेर, झुक्याएर कम्बोडिया पुर्‍याए; ममाथि यौन शोषण गरे, म त्यहाँबाट भागेर फर्किएँ ।

उजुरी परेको एक साता नबित्दै प्रहरीले असार १२ गते धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका–२ घर भएका ३७ वर्षीय किसान राईलाई पक्राउ गर्‍यो ।

उक्त उजुरी र पक्राउको घटनाले नेपाली युवतीलाई दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडिया पुर्‍याएर यौन शोषण गराउने गरेको देखाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अनुराग कुमार द्विवेदीका अनुसार पीडितले दिएको जाहेरीमा किसानले सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरी कम्बोडियाको कन्स्ट्रक्सन कम्पनीमा काम लगाइदिने भनेर ती युवतीलाई चिनियाँ नागरिक बस्ने एक घरमा पुर्‍याएको भन्ने व्यहोरा उल्लेख छ । त्यहाँ उनको यौन शोषण भएको थियो ।

द्विवेदीले भने, ‘कन्स्ट्रक्सन कम्पनीबाट खानाबस्न दिने र मासिक एक लाख रुपैयाँ आम्दानी हुने भनेर पीडितसँग चार लाख ५० हजार रुपैयाँ लिएर कम्बोडिया पुर्‍याएको खुलेको छ ।’

द्विवेदीका अनुुसार किसानको समूहले ४६ जना नेपाली महिलालाई विभिन्न बाटो हुँदै अवैध रूपमा कम्बोडिया लगेर अलपत्र पारेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा वैदेशिक रोजगार विभागले पनि अनुसन्धान थालेको छ ।

यसअघि बिहे गरेर तथा बिहेको प्रलोभन देखाएर चीनतिर युवतीहरू पठाउने गरेको घटना सार्वजनिक भएको थियो । एसपी द्विवेदी भन्छन्, ‘अहिले मानव बेचबिखनमा संलग्न गिरोहका लागि कम्बोडिया नयाँ गन्तव्यका रूपमा देखिएको छ ।’

उनका अनुसार नेपाली युवती र महिलाहरूलाई तस्करहरूले काँकडभिटा नाकाबाट भारत हुँदै म्यानमार र थाइल्यान्ड पुर्‍याएर कम्बोडिया पुर्‍याउने गरेको पाइएको छ । नेपाली चेलीहरू खाडी मुलुक र अफ्रिकी मुलुकहरूमा पनि पुर्‍याइने गरेका छन् ।

तीन वर्षमा ६७२ जना पक्राउ

मानव बेचविखन अनुसन्धान ब्युरोका अनुसार पछिल्ला तीन वर्ष (आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ को जेठ मसान्तसम्म) मा ६ सय जना महिला र ८८ पुरुष गरी ६८८ जना बेचबिखनमा परेको तथ्यांक छ । यो तथ्यांक प्रहरीमा परेका उजुरीमा आधारित हो ।

यही अवधिमा देशभरमा मानव बेचबिखनका ५११ वटा मुद्दा दायर भएका छन् । ती घटनामा १९५ जना महिलासहित ६७२ जना पक्राउ परेका छन्, १०६ महिलासहित ४४९ जना फरारको सूचीमा छन् ।

एसपी द्विवेदी भन्छन्, ‘नेपालबाट मानव तस्करीमा विदेशी पनि संलग्न, यसमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिन्छ ।’

१५ लाख नेपाली तस्करीको जोखिममा

राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचविखन प्रतिवेदन, २०७६ मा उल्लेख भएअनुसार नेपालमा एक वर्षमा ३५ हजार मानिस बेचबिखनको शिकार बन्ने गरेका छन् । तीमध्ये १२ हजार श्रमका लागि, ७ हजार वयस्क मनोरञ्जनका लागि र ३ हजार बालबालिका बेचबिखनमा परेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालका करिब १५ लाख मानिस मानव बेचबिखनको जोखिममा छन् । आयोगका अनुसार जोखिममा रहेका मध्ये १३ देखि १९ वर्ष उमेरका १२ लाख ग्रामीण किशोरी छन् । त्यसैगरी वयस्क मनोरञ्जनका लागि २१ हजार, वैदेशिक रोजगारीको तयारीमा रहेका झन्डै दुई लाख र बालश्रमका लागि एक लाख मानिस जोखिममा छन् ।

आयोगको प्रतिवेदनअनुसार यौन शोषणका लागि महिला र बालबालिका बेचबिखन हिस्सा ठूलो हिस्सा छ । बाध्यकारी श्रम, अस्थायी नियन्त्रण, मानवसँगै अवैध सामग्रीको तस्करी लगायतको प्रयोजन पनि बढ्दै गएको छ ।

पूर्वडीआईजी केशव अधिकारी भन्छन्, ‘मानव बेचबिखनका घटनाहरूको स्वरूप, प्रवृत्ति र शैली फरक हुँदै गएको छ । वैदेशिक रोजगारी, शैक्षिक परामर्श, अन्तरदेशीय विवाह, पर्यटन, साँस्कृतिक कार्यक्रम, धर्मसन्तान जस्ता नाममा बेचबिखनका घटना हुेन गरेको छ ।’
पछिलो समयमा वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन हुने गरेको उनले बताए ।

तस्करीका अनेक रुट

असार १२ गते पक्राउ परेका किसानको टोलीले महिलाहरूलाई कम्बोडियो पुर्‍याउन भारतको बाटो प्रयोग गर्ने गरेको खुलेको छ । काठमाडौँबाट काँकडभिटा भारतको आसाम, नागल्यान्ड, गुवाहाटी, मणिपुरबाट म्यानमार र थाइल्यान्ड हुँदै कम्बोडिया पुर्‍याउने गरेको पाइएको छ ।

त्यस्तै भारतको दिल्लीबाट मस्को, स्पेन, इक्वेडर, पाना, कोस्टारिका, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याउने गरेको पाइएको छ । मेक्सिकोबाट मौका छोपेर अमेरिकासम्म पुर्‍याउने गरेका छन् ।

युरोप पुर्‍याउन तस्करहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, लिबिया हुँदै इटली र त्यहाँबाट युरोपका विभिन्न देशहरूमा पुर्‍याउने गरेका छन् ।

यता खाडी लैजान तस्करहरूले नेपालबाट भारतको दिल्ली, त्यहाँबाट मिजुरम, श्रीलंकाको बाटो प्रयोग गर्ने गरेका छन् । अफ्रिकी मुलुक पुर्‍याउन तस्करहरूले दिल्ली र दुबईको बाटो प्रयोग गर्छन् ।

स्रोतः मानव बेचविखन अनुसन्धान ब्यूरो, नेपाल प्रहरी

राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनअनुसार भारत, बङ्गलादेश, म्यान्मार, थाइल्यान्ड, इन्डोनेसियाका नयाँ रुटको प्रयोग पनि हुन थालेको छ ।

अमेरिकी रिपोर्टमा नेपाल दोस्रो श्रेणीमा

अमेरिकी विदेश मन्त्रालयको एक रिपोर्टअनुसार विश्वमा धेरै मानव तस्करी हुने मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले हालै मानव तस्करीबारे एउटा विश्वव्यापी रिपोर्ट सार्वजनिक गरेका थिए ।

रिपोर्टमा नेपाल सरकारले मानव तस्करी उन्मूलनका लागि प्रयास गरे पनि न्यूनतम मापदण्ड नै पूरा गर्न नसकेको उल्लेख गरिएको छ । विगत १३ वर्षदेखि अमेरिकाले नेपाललाई मानव तस्करीका सन्दर्भमा दोस्रो श्रेणीमा राख्दै आएको छ ।

मानव तस्करी नियन्त्रण गर्न नसकेको तर राम्रो पहल गरेको अवस्थामा दोस्रो श्रेणीमा राख्ने गरिएको छ । थप कमजोर रहेको अवस्थामा भने दोस्रो श्रेणीको वाचलिस्टमा राख्ने गरिएको छ ।

यस्तो छ प्रतिवेदन

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ३ : २३ बजे

मार्चमा एक लाख २१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

काठमाडौं – सन् २०२५ को मार्च महिनामा एक लाख २१

‘लाज शरणम्’का बालकलाकार केसीको कुपोषणको कारण मृत्यु

काठमाडौं – महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा अभिनय

पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर

पर्वत – पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित

सुर्खेत – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट सात वटा

गुजरातको पटाका गोदाममा भीषण विस्फोट, १७ जनाको मृत्यु, ५ घाइते

नयाँदिल्ली – भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको