टोकियो ओलम्पिकमा बेलायतको विजयी सुरुवात « Khabarhub

टोकियो ओलम्पिकमा बेलायतको विजयी सुरुवात


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतले टोकियो ओलम्पिकको महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।

जापानको होक्काईदोस्थित साप्पोरो दोम स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा बेलायतले चिलीलाई २–० गोल अन्तरमा पराजित गरेको हो । योसँगै समूह ‘ई’ मा रहेको बेलायतले ३ अंक जोडेको छ ।

बेलायतको जितमा दुवै गोल एलेन ह्वाइटले गरिन् । खेलको १८ औं मिनेटमा पहिलो गोल गरेकी उनले ७३ औं मिनेटमा दोस्रो गोल थपेकी थिइन् । ६० प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको बेलायतका थप आधा दर्जन प्रहार खेर गएको थियो ।

बेलायतले आफ्नो दोस्रो खेल जुलाई २४ मा आयोजक जापानसँग खेल्नेछ भने चिलीले क्यानाडाको सामना गर्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ३ : ३५ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ