टोकियो ओलम्पिकमा ब्राजिलको शानदार सुरुवात « Khabarhub

टोकियो ओलम्पिकमा ब्राजिलको शानदार सुरुवात


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्राजिलले टोकियो ओलम्पिकको महिला फुटबलमा चीनविरुद्ध फराकिलो जित निकालेको छ ।

मियाङ्गी स्टेडियममा बुधबार भएको खेलमा ब्राजिलले चीनलाई ५–० को गोल अन्तरमा पराजित गरेको हो ।

पहिलो खेलमै ब्राजिल ३ अंक बटुल्न सफल भएको छ । बेलायतले बुधबार नै भएको महिला फुटबलको उद्घाटन खेलमा चिलीलाई २–० गोल अन्तरमा स्तब्ध पारेको थियो ।

पहिलो हाफमा २ गोल गरेको ब्राजिलले दोस्रो हाफमा ३ गोल थपेको थियो । उसको जितमा मार्ता डी सिल्भाले २ गोल गरिन् । थप गोल डेभिन्ना मिरी, एन्ड्रेसा एल्भेस र बिआट्रिज जानेरात्तोको नाममा रह्यो ।

आफ्नो दास्रो खेलमा ब्राजिलले नेदरल्याण्डस्सँग र चीनले जाम्बियासँग जुलाई २४ मा खेल्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ३३ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई