टोकियो ओलम्पिकमा ब्राजिलको शानदार सुरुवात « Khabarhub

टोकियो ओलम्पिकमा ब्राजिलको शानदार सुरुवात


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्राजिलले टोकियो ओलम्पिकको महिला फुटबलमा चीनविरुद्ध फराकिलो जित निकालेको छ ।

मियाङ्गी स्टेडियममा बुधबार भएको खेलमा ब्राजिलले चीनलाई ५–० को गोल अन्तरमा पराजित गरेको हो ।

पहिलो खेलमै ब्राजिल ३ अंक बटुल्न सफल भएको छ । बेलायतले बुधबार नै भएको महिला फुटबलको उद्घाटन खेलमा चिलीलाई २–० गोल अन्तरमा स्तब्ध पारेको थियो ।

पहिलो हाफमा २ गोल गरेको ब्राजिलले दोस्रो हाफमा ३ गोल थपेको थियो । उसको जितमा मार्ता डी सिल्भाले २ गोल गरिन् । थप गोल डेभिन्ना मिरी, एन्ड्रेसा एल्भेस र बिआट्रिज जानेरात्तोको नाममा रह्यो ।

आफ्नो दास्रो खेलमा ब्राजिलले नेदरल्याण्डस्सँग र चीनले जाम्बियासँग जुलाई २४ मा खेल्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ३३ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।