एमालेले नेपाल पक्षका २२ सांसदलाई सोध्यो स्पष्टीकरण, विश्वासको मतबारे मौन « Khabarhub

एमालेले नेपाल पक्षका २२ सांसदलाई सोध्यो स्पष्टीकरण, विश्वासको मतबारे मौन


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर २२ जना सांसदलाई स्पष्टीकरण सोधेका हुन् । तर स्पष्टीकरण पत्रमा संसदमा विश्वासको मत दिएको बारेमा भने कुनै प्रश्न गरिएको छैन ।

२४ घण्टाभित्र जवाफ नदिए कारबाहीको चेतावनीसहित पठाइएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरु निरन्तर गराइरहेको र पार्टीको विधान तथा नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने उल्लेखित कर्तव्यको उल्लंघन गरे/गराएको….हुँदा तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्नुहोला ।’

अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र नदिए वा चित्तबुझ्दो नभए साधारण सदस्यबाटै निस्काशन गर्ने उल्लेख गरिएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत दिएकै आधारमा स्पष्टीकरण सोध्ने काम गलत रहेको बताएको छ ।

नेता रघुजी पन्तले नेता नेपाल पक्षको स्थायी कमिटी बैठकपछि भने, ‘स्पष्टीकरण सोध्नु पर्ने विषय हैन । एकता प्रक्रियामा भाँजो हाल्ने काम गरिनु हुँदैन । एकतामा असर पुग्ने काम कतैबाट पनि हुनुहुन्न भन्ने हाम्रो मान्यता हो ।’

एमालेले भने प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका २२ सांसदहरुलाई कारबाहीको तयारी अनुसार स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ०७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले