बाबुराम भट्टराईको ट्वीटप्रति भाजपाको आपत्ति, हिन्दू धर्मलाई अपमान गरेको आरोप « Khabarhub

बाबुराम भट्टराईको ट्वीटप्रति भाजपाको आपत्ति, हिन्दू धर्मलाई अपमान गरेको आरोप


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाले नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेको ट्वीटप्रति आपत्ति जनाएका छन् ।

डा. भट्टराईले भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाइरहेको तस्वीर ट्वीट गरेका थिए । उक्त तस्वीरमा लेखिएको विषयले हिन्दूहरूको अपमान भएको भन्दै सर्वत्र आलोचना भइरहेको अवस्थामा भाजपाका विदेश विभाग प्रमुख चौथाइवालाले पनि आपत्ति जनाएका हुन् ।

उनले डा. भट्टराईले इदको अवसरमा हिन्दूहरूको अपमान गरेको आरोप लगाएका छन् । चौथाइवालाले ट्वीटरमा भनेका छन्, ‘यो स्पष्ट हुन्छ कि तपाईं र तपाईंको सहपाठी इदको अवसरमा हिन्दू धर्म र रीतिरिवाजलाई अपमान गरिरहनु भएको छ ।’

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले भारतीय सहपाठीमार्फत पाएको तस्वीर भन्दै आदित्यनाथको तस्वीर ट्वीट गरेका छन् ।

उक्त तस्वीरमा ‘विश्वास खतरनाक चिज भएको र त्यसले दूध फालेर मुत्र पिलाउने’ भनाइ उल्लेख छ । सोही अभिव्यक्ति मुख्यमन्त्री आदित्यनाथले नदीमा दूध चढाइरहेको तस्वीरमा राखेर सामाजिक सञ्जालमा पोष्ट गरिएपछि हिन्दू धर्मप्रति आस्था राख्ने व्यक्तिहरूले आपत्ति जनाएका छन् ।

भट्टराईको ट्वीटप्रति राप्रपा अध्यक्ष कमल थापाले पनि आपत्ति जनाएका छन् । उनले आगोसँग नखेल्न भट्टराईलाई चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : ५० बजे

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे