जनमत संग्रह गर्नु हुँदैन भन्नेहरुलाई ‘लुटेरा’ हुन् : विप्लव « Khabarhub

जनमत संग्रह गर्नु हुँदैन भन्नेहरुलाई ‘लुटेरा’ हुन् : विप्लव


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमत संग्रह गर्नु हुँदैन भन्नेहरुलाई ‘लुटेरा’को संज्ञा दिएका छन् ।

बुधबार काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै विप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा जार्नुपर्नेमा जोड दिँदै जनमत संग्रह गर्नु हुँदैन भन्नेहरुलाई लुटेराको संज्ञा दिएका हुन् ।

उनले अहिले मुलुकमा संसदीय व्यवस्थाको कुनै औचित्य नै नरहेको जिकिर गरे ।

नेपालको राजनीतिमा विकृति र दलालीकरण भएको आरोप लगाउँदै उनले अहिले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्थामा नरहेको तर्क गरे ।

पार्टी एकतादेखि फुटाउनेसम्म र सरकार बनाउनदेखि गिराउनेसम्मको काममा विदेशी हस्तक्षेप हुनु दुर्भाग्य रहेको उनले बताए ।

उनले कम्युनिष्टले भन्दै आएको पूँजीवाद र कांग्रेसले भन्दै आएको लोकतन्त्रको परिभाषालाई पनि परिवर्तन गर्नुपर्ने बताए ।

महासचिव विप्लवले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु क्रान्तिमा नै रहने स्पष्ट पारे ।

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : १९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने