घरघरमै मनाए मुस्लिम धर्मावलम्बीले बकर ईद | Khabarhub Khabarhub

घरघरमै मनाए मुस्लिम धर्मावलम्बीले बकर ईद


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा सीमित मानिसकाबीच स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै हर्षोल्लासपूर्वक मनाइएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले धेरै मुस्लिम धर्मावलम्बीले भने घरघरमै प्रार्थना एवं नमाज पाठ गरी यो पर्व मनाएका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने डरले घरमै पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

यस अवसरमा विगत वर्षमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्थ्यो । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले राष्ट्रिय मुस्लिम आयोगले पनि घरमै बसेर सुरक्षितरुपमा बकर ईद मनाउन आह्वान गरेको थियो ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए ।

“जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा गरेका थिए, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उनले भने ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तरराष्ट्रिय उडानसमेत बन्द रहेका कारण त्यो अवसर नजुटेको मुस्लिम धर्मावलम्बीले बताए । कोरोनाका कारण गत वर्ष पनि मक्का मदिनाको तीर्थ यात्रा रोकिएको थियो । गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको थियो । मक्का मदिना जान नपाएका हजयात्रीलेसमेत घर घरमै बकर ईद मनाएका छन् ।

मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पनि भौतिक दूरी कायम गरेर बकर ईद मनाइएको छ । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिएका छन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरीब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर ईद मनाइएको छ । मुस्लिम धर्मावलम्बीले शुक्रबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ ।

यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ९ : १५ बजे

कारसहित पोखरीमा खसेका दुईजनाको शव निकालियो

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका

लामिछानेलाई कास्की अदालत लगियो, जिरो किलोमा समर्थकको सभा

पोखरा– सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षमा भारत

काठमाडौं– अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को अध्यक्षमा भारत चयन भएको छ

अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बेच्ने

काठमाडौं– अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने

कपिलवस्तुमा नेकपाको सामूहिक कृषि अभियान, विप्लव आलु रोप्न व्यस्त 

कपिलवस्तु– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आलु रोप्ने