प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

पछिल्लो समय विभिन्न दलका शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएका विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटवार्ताको क्रममा विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि छन् । छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् ।

शान्ति प्रक्रियामा आएसँगै अघिल्लो केपी ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा अघिल्लो ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र थुनामा रहेका नेता तथा कार्यकर्ताको रि‍हाईबारे छलफल भएको भेटवार्तामा सहभागी नेता विश्वकर्माले जानकारी दिए ।

तीन बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको पनि उनले बताएका छन् ।

विप्लव समूहले विभिन्न समयमा पक्र‍ाउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै आएको छ । ओली सरकारसँगको सहमति कार्यान्वयनमा ढिलाइ भएको विप्लव समूहको गुनासो छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतका नेतासँग विप्लवले भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : ०२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले