एक विख्यात पत्रकार आफ्ना दुई साथीसहित स्वामी विवेकानन्दकोमा गए । तीमध्ये एक पञ्जाबका थिए । त्यस वेला पन्जाबमा अनिकाल परेको थियो । स्वामीजीले त्यस सम्बन्धमा चिन्ता व्यक्त गर्दै त्यहाँ के भइरहेको छ भनेर जान्न चाहे ।
कुराकानीपछि पञ्जाबी महोदयले भने— हामी तपाईंको उपदेश सुन्न आएका थियौँ, तर तपाईंले मामुली विषयको चर्चा गर्नुभयो । हामीले तपाईंबाट धर्मको बारेमा केही जान्न पाएनौँ ।
स्वामी विवेकानन्दले उत्तर दिए— जबसम्म मेरो देशमा एउटा सानो बच्चा पनि भोकै रहन्छ उसलाई खुवाउनु नै साँचो धर्म हो । अरु सब झूटो धर्म हो । जसको पेट खाली छ, उसलाई धर्मको उपदेश दिनु पाप हो ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट
प्रतिक्रिया