विश्वभर १८ करोड ९२ लाखले जिते कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १८ करोड ९२ लाखले जिते कोरोना भाइरसको संक्रमण


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ करोड ९२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ८६२ जना संक्रमण मुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड ९२ लाख ४८ हजार ९५१ छ ।

यही अवधिमा ६ लाख ७५ हजार ८५४ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २१ करोड १४ लाख ८६ हजार ७४५ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ११ हजार ३०७ छ । यसमध्ये १ लाख ९ हजार ८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ९६० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ लाख २६ हजार ४९२ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ४७ हजार २१३ जनामा संक्रमण भएको छ । यस्तै थप १०५९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ४२ हजार २८१ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ७३ हजार ६५८ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ३३ हजार ९९८ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ७ : ०५ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ