काबुल बिमानस्थलमा मानवीय क्षतिको जोखिम कायमै : बाइडेन « Khabarhub

काबुल बिमानस्थलमा मानवीय क्षतिको जोखिम कायमै : बाइडेन


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल बिमानस्थलमा मानवीय क्षतिको जोखिम कायमै रहेको बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडेनले अहिलेसम्म अफगानिस्तानबाट १३ हजार जनाको उद्धार गरिए पनि धेरै अमेरिकीहरु उद्धारकै पर्खाइमा रहेको उल्लेख गरे ।

‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भनेका बाइडेनले सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचामा अवरोध भए थप जोखिम हुने चेतावनी दिए ।

‘घर फर्किन चाहने कुनै पनि अमेरिकीलाई फिर्ता ल्याइने छ,’ बाइडनेले भने । उनले आफ्ना सहयोगी देशको उद्धार प्रयासमा पनि अमेरिकी सैनिकले सहयोग गर्ने बाइडेनले बताए ।

अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : ०५ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका