काबुल बिमानस्थलमा मानवीय क्षतिको जोखिम कायमै : बाइडेन « Khabarhub

काबुल बिमानस्थलमा मानवीय क्षतिको जोखिम कायमै : बाइडेन


५ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल बिमानस्थलमा मानवीय क्षतिको जोखिम कायमै रहेको बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडेनले अहिलेसम्म अफगानिस्तानबाट १३ हजार जनाको उद्धार गरिए पनि धेरै अमेरिकीहरु उद्धारकै पर्खाइमा रहेको उल्लेख गरे ।

‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भनेका बाइडेनले सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचामा अवरोध भए थप जोखिम हुने चेतावनी दिए ।

‘घर फर्किन चाहने कुनै पनि अमेरिकीलाई फिर्ता ल्याइने छ,’ बाइडनेले भने । उनले आफ्ना सहयोगी देशको उद्धार प्रयासमा पनि अमेरिकी सैनिकले सहयोग गर्ने बाइडेनले बताए ।

अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ५ भदौ २०७८, शनिबार  ८ : ०५ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,