होटलमा महिलाको भिडियो खिच्ने युट्युबर पक्राउ « Khabarhub

होटलमा महिलाको भिडियो खिच्ने युट्युबर पक्राउ


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- होटलमा गएर महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले झापाबाट चार जना युट्युबर र टिकटकरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एक जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रमुख डीएसपी सन्तोष आर्चायका अनुसार एक पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिची युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको आभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

केही युट्युबर भने फरार रहेकोले खोजी भइरहेको डीएसपी आचार्यले बताए । अहिले उनीहरुमाथि अभद्र व्यवहार कसुरमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ९ : ४६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना