मोटरसाइकल चोरेको आरोपमा एक जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरेको आरोपमा एक जना पक्राउ


५ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोटरसाइकल चोरेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई दक्षिण ढोका बस्दै आएका २२ वर्षीय तेज थापामगर छन् ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार प्रदेश–३–०२–०१० प ९४४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा उनलाई नयाँ बसपार्कबाट पक्राउ गरिएको हो ।

१० दिनअघि मोटरसाइकल हराएका भनेर काभ्रेको चौरी देउराली घर भएका प्रकाश गौतमले ट्राफिक प्रहरी महाशाखामा निवेदन दिएका थिए ।

अहिले आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पठाइएको एसएसपी भट्टराईले बताए ।

प्रकाशित मिति : ५ भदौ २०७८, शनिबार  १० : ५५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका