सुत्केरीलाई प्रोत्साहन भत्ता एक वर्षपछि ? « Khabarhub

सुत्केरीलाई प्रोत्साहन भत्ता एक वर्षपछि ?


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- चंखेली गाउँपालिककाकी एक सुत्केरीले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता पाएकी छन् ।

प्रदेश सरकारबाट आउनुपर्ने रकमको निकासा ढिलो गरी आएपछि गाउँपालिकाले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता दिएको हो।

गाउँपालिकाले स्वास्थ्यचौकीमा निकासा दिन ढिलो गरेपछि सरकारी स्वास्थ्य संस्थामा गत साउनमा सुत्केरीले समेत भत्ता पाउन एक वर्ष कुर्नुपरेको हो। सरकारले गर्भवती तथा सुत्केरीको पोषणमा सुधार ल्याउन ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरे पनि हुम्लाका महिलाले समयमा कहिल्यै सुत्केरी भत्ता पाउँदैनन्।

मेल्छाम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी हर्क बुढाले ढिलो गरी भत्ता आउँदा सुत्केरी निराश बनेको बताए। उनका अनुसार समयमै भत्ता आएको भए विपन्न अवस्थाका सुत्केरीलाई पोषणयुक्त खानेकुरा खान सजिलो हुन्थ्यो।

गाउँपालिकाले गत आर्थिक वर्षमा १ सय ५० महिला सुत्केरी हुने अनुमानसहित यातायात खर्च माग गरेको थियो। तर पालिकाभरि १ सय ६५ सुत्केरी भएपछि भत्ता वितरण गर्न समस्या भएको गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढाले बताए। उनका अनुसार अहिले पनि १ सय ५० सुत्केरीलाई मात्र भत्ता वितरण गरिएको छ। बाँकी १५ जनालाई चालु आर्थिक वर्षको बजेटबाट भत्ता उपलब्ध गराइने उनले जानकारी दिए।

६ वडा रहेको चंखेली गाउँपालिकामा दार्मा, मिमी, श्रीमष्ठा र मेल्छाममा स्वास्थ्य चौकीमा प्रसूति केन्द्र स्थापना गरिएको छ। स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई ३ हजार रुपैयाँ यातायात खर्च दिने गरिएको छ भने उनीहरूले चार पटक गर्भ जाँच गराएबापत थप ४ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउँछन्।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ११ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै