कोदारी राजमार्ग आंशिकरूपमा सञ्चालन « Khabarhub

कोदारी राजमार्ग आंशिकरूपमा सञ्चालन


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ ।

महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब केही साताभित्र पूर्ण सञ्चालनमा आउने भएको छ चरिकोट सडक डिभिजन कार्यालयका इञ्जिनीयर विजय महतोका अनुसार सडक निर्माणका साथै भत्किएको लिपिङ पुलको दुवैपट्टि जगमा ढुङ्गा भरेर जालीको गाह्रो उठाइएको छ ।

नेपालीको महान् चाडपर्व नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामान आयातका लागि पनि तातोपानी नाका छिटै सञ्चालन गरिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

चीनसँगको छोटो दूरीको तातोपानी नाकाबाट अहिले निर्यात ठप्प छ । आयात पनि सहज ढङ्गले भएको छैन । पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि राजमार्ग सञ्चालनमा उचित पहल नभएको व्यावसायीहरूले गुनासो गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  २ : २० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक