सुन्दर देखिने कसरी गर्ने मेकअप ? | Khabarhub Khabarhub

सुन्दर देखिने कसरी गर्ने मेकअप ?


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दर हुन कसलाई मन नलाग्ला ? हरेक मानिस आफु सुन्दर हुन चाहान्छन् । तर कतिपयले ज्ञानको अभावमा त कतिपयले आफ्नो सुहाउँदो मेकअप गर्न नसक्दा मानिस सुन्दर हुनबाट बञ्चित हुने गर्दछ । तसर्थ हामी सुन्दर देखिने केहि सौन्दर्य टिप्सबारे जानकारी दिदैछौँ :

मुस्कान
सुन्दर देखिन होस् वा सौन्दर्यका लागि मुस्कान अनिवार्य छ । विषय र परिस्थिती अनुसार अलग अलग मुस्कान भए पनि सबै अवस्थामा मन्द मुस्कान आकर्षक र अनुकुल मानिन्छ । मुस्कानकालागि हास्ने ओठ आर्कषक भए अझ राम्रो मानिन्छ । त्यसैले महिलाले आकर्षक मुस्कानका लागि ओठको शृङ्गार गर्नु अनिवार्य हुन्छ । ओठकालागि लिबिस्टिक, ग्लस लगायतका सामाग्री प्रयोग गर्न सकिन्छ । जो छाला सुहाउँदो र भद्दा नदेखिने हुनु पर्दछ । पुरुषले पनि लिप ब्रस, लिप ब्राउन लगायतका सौन्दर्यका सामाग्री प्रयोग गर्न सक्छन् ।

ड्रेसअप
सुन्दर र आकर्षक देखिन ड्रेसअप सबैभन्दा महत्वपूर्ण हुन्छ । ड्रेसअप शरीरको साइज, हाइट, रङ्ग, समय, उमेर र वातावरणले निर्धारण गर्दछ । हुनत यो रुचिमा पनि भर पर्दछ । कसैलाई फिटिङ मनपर्छ कसैलाई लुज त कसैलाई औसत कपडाले सुहाउँछ । सिम्पल ड्रेस जहिले पनि राम्रो देखिन्छ । किशोरीका लागि पाइन्ट, टिसर्ट, वान पिस, गाउनहरू बढी सुहाउँछ भने अन्यलाई उमेर अनुसार लगाउँदा राम्रो देखिन्छ ।

अनुहार
अनुहार शरिरको त्यो भाग हो जो जोकोहीको झट्ट हेर्दा पहिलो आँखा पर्दछ । त्यसैले सुन्दर देखिन अनुहार आकर्षक हुनुपर्छ । यसकालागि अनुहारका दाग, धब्बा कन्सिलरले छोपेर आकर्षक बनाउन सकिन्छ । नियमित क्लिजिङ, टोनिङ, मस्चराइजर, सन्प्रोटेक्सन, नाइटक्रिम लगायतका सौदर्य सामग्रीको प्रयोगले पनि अनुहार आकर्षक बन्ने गर्छ । क्लिजिङ भन्नाले छालाको सरसफाइ हो । टोनिङले खुराक दिने काम गर्छ । मस्चराइजरले दौडधूपको असरलाई कम गर्दछ । क्रिमले सूर्यबाट छालाको सुरक्षा गर्ने गर्छ ।

आँखा
आँखा मानिसको संवेदनशील अङ्ग हो । स्वस्थ आँखा नै सुन्दर आँखा हो । त्यसैले आँखालाई आकर्षक बनाउन महिला गाजलको प्रयोग गर्दछन् । महिलाले ड्रेसअनुसार आँखालाई आकर्षक देखाउन सक्छन् । यस अलावा आइस्याडो, आइल्यानर, आइकिलट्रस, आइलेसेस लगायत प्रयोग गर्न सकिन्छ ।

टीका
निधारमा लगाइने टीकाले मानिसलाई सुन्दर र आकर्षक देखाउँछ । सोह्र शृङ्गार अन्तर्गत टीका पनि पर्दछ । गोलो अनुहार भएकाले गोलो टीका लगाएको सुहाउँदैन । यस्ता व्याक्तिले हल्का लाम्चो खालको टीका लगाउनु पर्छ । अन्डा आकारको फेस भएकाले जुनै खालको टीका लगाउँदा पनि राम्रो देखिन्छ । टीका छान्दा निधारको साइज अनुसार छान्नु पर्दछ । ठूलो निधारमा ठूलै साइजको टीका लगाउँदा आकर्षक देखिन्छ । ठिक्कको निधारमा सानो साइजको टीका सुहाउँछ । टीका निधारमा आँखी भाँै बीचमा लगाउँदा राम्रो हुन्छ ।

कपालको स्टाइल
हेयर स्टाइल मानिसको प्रत्यक्ष सौन्दर्यसँग जोडिएको हुन्छ । तर आफ्नो उमेर अनुसारको कार्यक्रम अनुसार वा कस्तो वातावरणमा कस्तो कपाल बनाउने भन्ने जानकारी नहुदाँ यसले असहज बनाउन सक्छ । यो उमेर सुहाउँदो हुन आवश्यक छ । कपाल बनाउन हेयर स्टाइल अनुभवीसँग बनाउँदा राम्रो हुन्छ ।

गहना
समय अनुसार गहनाको कन्सेप्टको परिवर्तन हुन्छ । पहिले सुन लगाउनु पर्छ भन्ने धारणा थियो तर अहिले त्यस्तो छैन । अहिले सुहाउदो गहना लगाउने गरीन्छ । कानमा लगाउनु गहना कानको साइज अनुहार हुनु पर्दछ । लाम्चो फेस भएको मानिसलाई झुम्का सुहाउँदैन । यस्तो फेसन हुनेले टप, कुन्डल, गोलो गोलो रिङ लगाउँदा हुन्छ । यस्तै लेहेङ्गा र सारीमा झुम्का सुहाउँछ । रिङ प्रायः जुनै पहिरनमा पनि सुहाउँछ । गोलो फेस भएकालाई सानो सानो झुम्का सुहाउँछ भने लाम्चो फेसनमा कुन्डल सुहाउँछ ।

चस्मा
सौन्दर्यकालागि चस्मा आवश्यकता अनुसार महत्वपूर्ण हुन्छ । कालो चस्मा, सिम्पल चस्मा, ठूलो चस्मा आदि प्रयोग गर्नु फेसन अनुसार राम्रो हुन्छ । आफ्नो आँखा र स्क्रिनको समेत कभर चस्माले गर्न सकिन्छ । चस्मा उच्च स्तरीय ब्रान्डकै प्रयोग गर्नुपर्छ । चस्माले आँखाको वरिपरि आउने रिङ्कललाई पनि कन्ट्रेल गर्छ । धुलो, धुवाँ, किराबाट पनि आँखा बचाउँछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ११ : ५२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने