सुन्दर देखिने कसरी गर्ने मेकअप ? « Khabarhub

सुन्दर देखिने कसरी गर्ने मेकअप ?


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दर हुन कसलाई मन नलाग्ला ? हरेक मानिस आफु सुन्दर हुन चाहान्छन् । तर कतिपयले ज्ञानको अभावमा त कतिपयले आफ्नो सुहाउँदो मेकअप गर्न नसक्दा मानिस सुन्दर हुनबाट बञ्चित हुने गर्दछ । तसर्थ हामी सुन्दर देखिने केहि सौन्दर्य टिप्सबारे जानकारी दिदैछौँ :

मुस्कान
सुन्दर देखिन होस् वा सौन्दर्यका लागि मुस्कान अनिवार्य छ । विषय र परिस्थिती अनुसार अलग अलग मुस्कान भए पनि सबै अवस्थामा मन्द मुस्कान आकर्षक र अनुकुल मानिन्छ । मुस्कानकालागि हास्ने ओठ आर्कषक भए अझ राम्रो मानिन्छ । त्यसैले महिलाले आकर्षक मुस्कानका लागि ओठको शृङ्गार गर्नु अनिवार्य हुन्छ । ओठकालागि लिबिस्टिक, ग्लस लगायतका सामाग्री प्रयोग गर्न सकिन्छ । जो छाला सुहाउँदो र भद्दा नदेखिने हुनु पर्दछ । पुरुषले पनि लिप ब्रस, लिप ब्राउन लगायतका सौन्दर्यका सामाग्री प्रयोग गर्न सक्छन् ।

ड्रेसअप
सुन्दर र आकर्षक देखिन ड्रेसअप सबैभन्दा महत्वपूर्ण हुन्छ । ड्रेसअप शरीरको साइज, हाइट, रङ्ग, समय, उमेर र वातावरणले निर्धारण गर्दछ । हुनत यो रुचिमा पनि भर पर्दछ । कसैलाई फिटिङ मनपर्छ कसैलाई लुज त कसैलाई औसत कपडाले सुहाउँछ । सिम्पल ड्रेस जहिले पनि राम्रो देखिन्छ । किशोरीका लागि पाइन्ट, टिसर्ट, वान पिस, गाउनहरू बढी सुहाउँछ भने अन्यलाई उमेर अनुसार लगाउँदा राम्रो देखिन्छ ।

अनुहार
अनुहार शरिरको त्यो भाग हो जो जोकोहीको झट्ट हेर्दा पहिलो आँखा पर्दछ । त्यसैले सुन्दर देखिन अनुहार आकर्षक हुनुपर्छ । यसकालागि अनुहारका दाग, धब्बा कन्सिलरले छोपेर आकर्षक बनाउन सकिन्छ । नियमित क्लिजिङ, टोनिङ, मस्चराइजर, सन्प्रोटेक्सन, नाइटक्रिम लगायतका सौदर्य सामग्रीको प्रयोगले पनि अनुहार आकर्षक बन्ने गर्छ । क्लिजिङ भन्नाले छालाको सरसफाइ हो । टोनिङले खुराक दिने काम गर्छ । मस्चराइजरले दौडधूपको असरलाई कम गर्दछ । क्रिमले सूर्यबाट छालाको सुरक्षा गर्ने गर्छ ।

आँखा
आँखा मानिसको संवेदनशील अङ्ग हो । स्वस्थ आँखा नै सुन्दर आँखा हो । त्यसैले आँखालाई आकर्षक बनाउन महिला गाजलको प्रयोग गर्दछन् । महिलाले ड्रेसअनुसार आँखालाई आकर्षक देखाउन सक्छन् । यस अलावा आइस्याडो, आइल्यानर, आइकिलट्रस, आइलेसेस लगायत प्रयोग गर्न सकिन्छ ।

टीका
निधारमा लगाइने टीकाले मानिसलाई सुन्दर र आकर्षक देखाउँछ । सोह्र शृङ्गार अन्तर्गत टीका पनि पर्दछ । गोलो अनुहार भएकाले गोलो टीका लगाएको सुहाउँदैन । यस्ता व्याक्तिले हल्का लाम्चो खालको टीका लगाउनु पर्छ । अन्डा आकारको फेस भएकाले जुनै खालको टीका लगाउँदा पनि राम्रो देखिन्छ । टीका छान्दा निधारको साइज अनुसार छान्नु पर्दछ । ठूलो निधारमा ठूलै साइजको टीका लगाउँदा आकर्षक देखिन्छ । ठिक्कको निधारमा सानो साइजको टीका सुहाउँछ । टीका निधारमा आँखी भाँै बीचमा लगाउँदा राम्रो हुन्छ ।

कपालको स्टाइल
हेयर स्टाइल मानिसको प्रत्यक्ष सौन्दर्यसँग जोडिएको हुन्छ । तर आफ्नो उमेर अनुसारको कार्यक्रम अनुसार वा कस्तो वातावरणमा कस्तो कपाल बनाउने भन्ने जानकारी नहुदाँ यसले असहज बनाउन सक्छ । यो उमेर सुहाउँदो हुन आवश्यक छ । कपाल बनाउन हेयर स्टाइल अनुभवीसँग बनाउँदा राम्रो हुन्छ ।

गहना
समय अनुसार गहनाको कन्सेप्टको परिवर्तन हुन्छ । पहिले सुन लगाउनु पर्छ भन्ने धारणा थियो तर अहिले त्यस्तो छैन । अहिले सुहाउदो गहना लगाउने गरीन्छ । कानमा लगाउनु गहना कानको साइज अनुहार हुनु पर्दछ । लाम्चो फेस भएको मानिसलाई झुम्का सुहाउँदैन । यस्तो फेसन हुनेले टप, कुन्डल, गोलो गोलो रिङ लगाउँदा हुन्छ । यस्तै लेहेङ्गा र सारीमा झुम्का सुहाउँछ । रिङ प्रायः जुनै पहिरनमा पनि सुहाउँछ । गोलो फेस भएकालाई सानो सानो झुम्का सुहाउँछ भने लाम्चो फेसनमा कुन्डल सुहाउँछ ।

चस्मा
सौन्दर्यकालागि चस्मा आवश्यकता अनुसार महत्वपूर्ण हुन्छ । कालो चस्मा, सिम्पल चस्मा, ठूलो चस्मा आदि प्रयोग गर्नु फेसन अनुसार राम्रो हुन्छ । आफ्नो आँखा र स्क्रिनको समेत कभर चस्माले गर्न सकिन्छ । चस्मा उच्च स्तरीय ब्रान्डकै प्रयोग गर्नुपर्छ । चस्माले आँखाको वरिपरि आउने रिङ्कललाई पनि कन्ट्रेल गर्छ । धुलो, धुवाँ, किराबाट पनि आँखा बचाउँछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ११ : ५२ बजे

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व