हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन « Khabarhub

हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने फल र त्यसपछि प्राप्त हुने स्वर्ग–नर्कका जीवनका बारेमा बताइएको छ ।

यस पुराण अनुसार मृत्यु हुदैँ गर्दा मानिसका साथमा केहि खास चीज भए यमराजको दण्ड मिल्दैन र मनिसको मृत्यु सहज र शान्तीपुर्ण हुन्छ । अर्थात मृत्युको समयमा केहि चीज साथमा भए उसको प्राण बिना कष्ट सजिलै जान्छ ।

गंगाजल
हिन्दू धर्म शास्त्रमा गंगाजल लाई अत्यन्त शुभ र महत्वपूर्ण बताइएको छ । गंगाजलले पाप धुने साथै मोक्ष दिलाउन सक्ने मानिन्छ । यसैका कारण मानिसको मृत्युपछि गंगा घाटमा शवको अन्तिम संस्कार गरीन्छ । गरुड पुराण अनुसार जुन मानिसको प्राण निस्कदै छ उसको मुखमा गंगाजल हालेमा उसको आत्माले यमलोकमा कुनै दण्ड भोगनु पर्दैन । साथै राम्ररी मुक्ति मिल्दछ ।

तुलसी
हिन्दु धर्मशास्त्रमा तुलसीको बोट पवित्र र पूजनीय छ । भगवान विष्णुलाई समेत अत्यन्त प्रिय मानिएको तुलसी मृत्युशैय्यामा रहेको मानिसको मुखमा तुलसीको पात हालेमा वा यस्ता व्यक्तिको शिरमा तुलसीको बोट राखेमा प्राण त्याग्न सहज हुने धार्मीक विश्वास छ ।

श्रीमद्भगवद्गीताको पाठ
कर्म र फलदेखि जीवनको सारसम्म जीवन–मृत्युका सबै कुरा श्रीमद्भगवद्गीतामा उल्लेख छ । मान्यता अनुसार यदि कोहि मृत्यु निकट छ भने उसलाई गीता सुनाउँदा उसले यमराजको दण्डबाट मुक्ति पाउँछ । साथै उसले मोक्ष प्राप्त गर्न सक्छ । यदि सम्भव भए मृत्यु हुन लागेको मानिसले भागवत गिताको श्लोक वाचन अझ राम्रो मानिन्छ ।

ईश्वरको नाम
गरुड पुराणका अनुसार प्राण निस्कने बेलामा व्यक्तिले मन वा बोलीमा ईश्वरको नाम जपेमा यमराजको दण्ड मिल्दैन । साथै यस्ता व्यक्तिलाई प्रभुको चरणमा स्थान मिल्ने विश्वास छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ११ : ५८ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।