अमेरिकी राष्ट्रपति बाइडेनले भने– अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठीक गरेको छ « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनले भने– अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठीक गरेको छ


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठीक गरेको बताएका छन् । उनले अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता गर्‍यो, त्यो सही कदम रहेको बताएका छन् ।

राष्ट्रपति बाइडेनले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको विषयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठ्ने कुरै नआउने पनि बताएका छन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विषयमा उनले पहिले पनि आफ्नो निर्णयको बचाउ गरेका थिए । उनले यस अघि पनि पटक पटक आफ्नो निर्णयमा आफू कटिबद्ध रहेको बताउँदै आएका छन् ।

हाल पनि युद्धग्रस्त रहेको अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाले आलोचना खेपिरहेको छ ।

अमेरिकाले समयमै तथा अवैज्ञानिकरुपमा आफ्नो सेना फिर्ता गर्दा अफगानिस्तानलाई तालिबानले कब्जा गरेका भनिएको छ ।

राष्ट्रपति बाइडेनले भने यो निर्णय सही समयमा गरिएको उचित निर्णय रहेको बताउँदै आएका छन् ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि १५ अगस्तमा नै तालिबानीले सत्तामा पुगेका छन् । आइतवार तालिबानले लडाइँ जितेको घोषणा पनि गरेका थिए ।

अफगानिस्तानका तालिबान सशस्त्र विद्रोही पुनःसत्तामा आएसँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थितिको पनि औपचारिकरुपमै अन्त्य भएको छ ।

अफगानिस्तानको सेनाले आफ्नो देश कब्जा हुन नदिन देशको लागि लड्न नसकेको यसअघि पनि बाइडेनले बताएका थिए । अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न नसकेकाले यस्तो अवस्था आएको उनले बताएका थिए ।

अफगानिस्तानमा यो घटना भएपछि अमेरिकाप्रति प्रश्न उठेको बताइएको छ । विश्वका अमेरिकालाई साथ दिएका कतिपय देशले अमेरिकी यस कार्यप्रति प्रश्न उठाउँदै आगामी दिनमा विश्वासको संकट हुन सक्ने बताएका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले भने यो कसैले प्रश्न गर्ने विषय नभएको र अफगान मुद्दाका कारण आगामी दिनमा विश्वका आफ्ना गठनबन्धन सदस्यसँग अविश्वासको प्रश्न नै नआउने भनेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ५ : ४० बजे

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला

अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, दुई लाख ३० हजार जना अस्पताल भर्ना

एजेन्सी – अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस

नेकपाले युवा नेता अशेषलाई दियो झापा १ मा प्रतिनिधि सभाको टिकट

झापा- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले झापा क्षेत्र

कांग्रेसमा फुटसँगै पूर्वमन्त्री कनौडिया एमालेतिर, ओलीले दिए प्रतिनिधि सभाको टिकट

काठमाडौं- नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया शनिबार नेकपा एमालेमा प्रवेश